ओडिएफ गर्न बाँकी जिल्लाका डिभिजन प्रमुखहरुसँग छलफल

काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयले खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाका डिभिजन प्रमुखहरुसँग छलफल गर्ने भएको छ । सचिवालयले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुखहरुसँग खुला दिसामुक्त अभियानको विषयमा समीक्षा गरी आगामी कार्ययोजना बनाउन छलफल गर्न लागेको सचिवालयका सदस्य सचिव एवं वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र झाले जानकारी दिनुभयो ।

‘खुला दिसामुक्त घोषणा गर्न बाँकी १७ जिल्लाका डिभिजन प्रमुखहरुसँग छलफल गर्ने तयारी भइरहेको छ, यही २० गते छलफलको आयोजना गरेका छौं, त्यसपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा पनि ठोस निष्कर्षमा पुग्छौं भन्ने लागेको छ’ उहाँले भन्नुभयो ।

खानेपानी तथा ढल निकास विभागका अनुसार खुला दिसामुक्त घोषणा गर्न बाँकी १७ जिल्ला मध्ये रुपन्देही, भोजपुर, सोलुखुम्बु र दोलखा गरी ४ जिल्लाको सरसफाइ शत प्रतिशत पुगेको छ । धादिङ, काठमाडौ, काभ्रे, सिन्धुपाल्चोक, रौतहट र झापा गरी ६ जिल्लाको सरसफाइ अवस्था शत प्रतिशत नजिक पुगेको छ भने कपिलवस्तु, पर्सा, बारा, सर्लाही, महोत्तरी, धनुषा र मोरङ गरी ७ जिल्ला अति चुनौतीपूर्ण जिल्लाको सूचीमा रहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार