देशभर ७७ हजार ३५७ चर्पी बनाउन बाँकी, बारामा मात्र १६ हजार बनाउनु पर्ने

काठमाडौ : देशभर अझै ७७ हजार ३५७ चर्पी बनाउन बाँकी छ । खुला दिसामुक्त घोषणा गर्न बाँकी १७ जिल्लाको खानेपानी डिभिजन तथा सव डिभिजन कार्यालयका प्रमुखहरुसँगको छलफलमा ५३ लाख ६२ हजार ८९८ घरपरिवार मध्ये अहिलेसम्म ५२ लाख ८५ हजार ५०१ घरमा चर्पी बनिसकेको र ७७ हजार ३५७ घरमा चर्पी बन्न बाँकी रहेको तथ्याङ्क सार्वजनिक गरिएको हो ।

सरसफाइ क्षेत्रको हालसम्मको प्रगति, अवसर र चुनौती बारेको प्रस्तुतीकरण गर्दै खानेपानी तथा ढल निकास विभागको वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र झाले अहिलेसम्म ९८.५६ प्रतिशत घरमा चर्पीको पहुँच पुगेको र बाँकी १.४४ प्रतिशत घरमा मात्र चर्पी बनाउन बाँकी रहेको बताउनुभयो ।

 

उहाँले बाँकी घरमा पनि चर्पी बनाएर नेपाललाई चाँडै खुला दिसामुक्त घोषणा गर्नुपर्ने र यसका लागि कार्ययोजना बनाएर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले देशलाई सन् २०१८ भित्रै खुलादिसामुक्त घोषणा गर्ने गरी काम गर्न डिभिजन तथा सवडिभिजन प्रमुखहरुलाई निर्देशन दिनुभयो ।

कुन जिल्लामा कति चर्पी बन्न बाँकी ?

डिभिजन तथा सवडिभिजन प्रमुखहरु सँगको छलफल कार्यक्रममा खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्ट, उपमहानिर्देशक मनोज घिमिरे तथा मीना श्रेष्ठ, क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय पूर्वाञ्चलका प्रमुख शंकर जयसवाल, मध्यमाञ्चल प्रमुख नन्दलाल बन्जाडे र पश्चिमाञ्चल प्रमुख रमाकान्त दवाडी सहभागी हुनुहुन्थ्यो ।

यस्तै विकास साझेदारहरुमा युनिसेफबाट सिद्धि श्रेष्ठ, यूएन् ह्याविट्याटबाट सुधा श्रेष्ठ र मदन मल्ल, एसएनभीका रतन बुढाथोकी र म्याक टिमका नमस्तेलाल श्रेष्ठ र मुक्ति पोख्रेल र खुला दिसामुक्त घोषणा गर्न बाँकी १७ जिल्लाकै डिभिजन तथा सव डिभिजन कार्यालयका प्रमुखहरुको सहभागिता थियो ।

छलफल कार्यक्रम खानेपानी तथा ढल निकास विभागको वातावरणीय सरसफाइ शाखाको आयोजनामा भएको हो । कार्यक्रमको अध्यक्षता विभागका उप महानिर्देशक मनोज घिमिरेले गर्नुभएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार