पर्वत : पर्बतमा चलिरहेको WASH Response Team (WRT) तालिम आज सकिदैछ । परियोजना सञ्चालित जिल्ला शाखा तथा समुदाय स्तरमा वासको क्षेत्रमा हुन सक्ने संभावित जोखिमलाई काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने र आपतत्कालीन अवस्थामा सरसफाइ प्रबद्र्धनका लागि जिल्लाहरुका स्वयंसेवक तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि गरी संस्थागत विकासमा थप टेवा पुर्याउने उद्देश्यले यही असोज ९ गतेदेखि तालिम शुरु भएको थियो ।
तालिममा पर्बत जिल्लाका १२ जना र स्याङ्जा जिल्लाका १२ जना गरी २४ जनाको सहभागिता रहेको छ । जसमध्ये ७ जना महिलाको सहभागिता रहेको नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयकी PMER Officer अम्विका रिमालले जानकारी दिनुुभयो ।

यस तालिमको सहजिकरण नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयका उपनिर्देशक अमरमणि पौडेल, कार्यक्रम अधिकृत कृष्ण प्रसाद सुवेदी, PMER Officer अम्विका रिमाल र WASH अधिकृत प्रेम प्रकास के.सी. ले गरिरहनुुभएको छ ।

विपद् परेको वेलामा खानेपानी, सरसफाइ तथा स्वच्छता प्रवद्र्धनको लागि तत्काल परिचालन हुन सक्ने जनशक्ति तयार गर्ने मुख्य उद्देश्य रहेको तालिममा विशेष गरी विपद परिचय तथा शव्दावली र अर्थ, क्षेत्रगत अवधारणा, विपदको वेलामा सफा र स्वच्छ खानेपानीमा पहुँच तथा स्वच्छता प्रवद्र्धन, विपदमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा भएका पहल तथा नीति नियम र प्रतिवद्धता, सरसफाइ प्रवद्र्धनका ढाँचा, WRT को भुमिका, विपदको समयमा प्रयोग गरिने Hygiene Kit, Key Hygiene message, सरसफाइजन्य रोगहरु तथा रोकथाम, सर्वे तथा सर्वेक्षण Tools IRA, MIRAआदि घटना अभ्यास, आपतकालीन सञ्चार तथा कार्ययोजना निर्माण जस्ता विषयवस्तुमा सहजीकरण गरिएको छ ।

तालिम जापानिज रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको आयोजना तथा र पर्बत जिल्ला शाखाको आतिथ्यतामा सञ्चालनमा भएको हो ।


1751 पटक हेरिएको 

