खानेपानीमन्त्री बिना मगर भारत प्रस्थान

  रासस  1264 पटक हेरिएको

काठमाडौ : खानेपानीमन्त्री बिना मगर ‘महात्मा गान्धी अन्तर्राष्ट्रिय स्वच्छता सम्मेलन’मा सहभागी हुन शुक्रबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेकी छन्।

 महात्मा गान्धीको १५०औँ जन्मजयन्तीका अवसरमा भारत सरकारले आयोजना गरेको चार दिने सम्मेलनमा भाग लिन मन्त्री मगर त्यसतर्फ प्रस्थान गरेकी हुन्।

सम्मेलनमा खानेपानीमन्त्री मगरसहित खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक सुनिलकुमार दास सहभागी हुने खानेपानी मन्त्रालयले जनाएको छ। उक्त सम्मेलनमा ८० देशका खानेपानी तथा सरसफाइमन्त्री सहभागी हुने बताइएको छ।

सम्मेलनमा नेपालका तर्फबाट सरसफाइका क्षेत्रमा भइरहेको प्रगतिका बारेमा प्रस्तुति दिने कार्यक्रम छ। सम्मेलन शनिबारदेखि शुरु हुँदैछ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार