स्याङजा र पर्वतमा वास प्रतिकार्यका लागि जनशक्ति तयार

पर्वत : स्याङजा र पर्वत जिल्लामा WASH को क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सक्ने दक्ष जनशक्ति उत्पादन भएको छ । नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको आयोजनामा सञ्चालित चार दिने तालिमबाट पर्वतमा १२ जना र स्याङ्जामा १२ जना जनशक्ति तयार भएका हुन् ।

सोसाईटीले आपतकालीन अवस्थामा सरसफाइ प्रबद्र्धनका लागि स्वयंसेवक तथा कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने र जिल्ला शाखा तथा समुदाय स्तरमा WASH को क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमलाई न्यूनीकरण गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले WASH Response Team (WRT) Training आयोजना गरेको थियो ।

तालिमका सहभागी इश्वरी पाठकले तालिमले गर्दा जुनसुकै बिपदको समयमा पनि WASH को क्षेत्रमा प्रतिकार्य गर्नका लागि सक्षम बनाएको र जिल्ला वा केन्द्रले WASH Responder को रुपमा खटाएमा जहाँ जान पनि तयार रहेको बताउनुुभयो । तालिमको समापन सत्रमा बोल्दै उहाँले सावुन पानीले समेत राम्रो सँग हात धुन जानेका रहेनछौं भन्ने कुरा तालिम पछि बोध भएको र सावुन पानीले हात धोयो भने ४५ प्रतिशत रोगमा कमी आउने कुरा थाहा पाएको बताउनुुभयो ।

 

तालिमका अर्का सहभागी महेश राज रेग्मीले तालिमले एउटा कुशल र सक्षम स्वयंसेवक बनाएको बताउनुुभयो । तालिमका विषयवस्तुहरु हाम्रो प्रत्यक्ष जीवनका भोगाइ र अपरिहार्य विषयहरुसँग सम्वन्धित भएकाले तालिममा सिकेका सबै कुरा ब्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

रेडक्रसले तालिम प्राप्त जनशक्ति सँग हातेमालो गर्छौ : रिमाल

जिल्ला शाखा पर्बतका सभापति रुद्रबहादुर रिमालले जिल्लामा विपद् परेको बेला रेडक्रसले तालिम प्राप्त जनशक्ति सँग हातेमालो गर्ने बताउनुुभयो ।

तालिममा सिकेका सीपलाई आ – आफ्नो क्षेत्रमा लागु गर्न आग्रह गर्दै उहाँले तालिमको सहजकर्ताहरु नेपाल रेडक्रस सोसाईटी केन्द्रीय कार्यालयका उपनिर्देशक अमरमणि पौडेल, कार्यक्रम अधिकृत कृष्ण सुवेदी, PMER Officer अम्विका रिमाल र WASH अधिकृत प्रेम प्रकाश के.सीलाई तालिम सफल वनाउन सहयोग गर्नु भएकोमा धन्यबाद व्यक्त गर्नुभयो ।

यही असोज ९ गते देखि सुरु भएको तालिम शुक्रबार सकिएको हो । तालिम समापन गर्नु कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी, उपमेयर सीता काफ्ले (लामिछाने) र सशस्त्र प्रहरीका SP रमेश सुबेदी लगायत नेपाल रेडक्रस सोसाइटी पर्वत शाखाका पदाधिकारी तथा कर्मचारीहरुले प्रयोगात्मक अभ्यासको अवलोकन गर्नुभएको थियो ।

फोटोहरु : PMER Officer अम्बिका रिमालको फेसबुकबाट ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार