नेपालमा बार्षिक ९ करोड १० लाख थान स्यानिटरी प्याड खपत

बार्षिक १४- १५ करोड थान स्यानिटरी प्याडको आवश्यकता

काठमाडौ : नेपालका बार्षिक ९ करोड १० लाख थान स्यानिटरी प्याड खपत हुँदै आएको र यो बार्षिक ८ देखि १० प्रतिशतले बृद्धि हुँदै गएको एक अध्ययनले देखाएको छ । महिनावारी स्वच्छता व्यवस्थापनका उत्पादनहरुको बजार रेखाङ्कन सम्बन्धी अध्ययनले नेपालमा बार्षिक १४- १५ करोड थान स्यानिटरी प्याडको आवश्यकता भएपनि प्रयोगकर्ताहरुको आर्थिक अभाव, जनचेतनाको कमी र महिलाहरमा व्याप्त अस्वस्थकर प्रयोग अभ्यासले कम खपत भइरहेको जनाएको छ ।

 

कहाँबाट आपूर्ति भईरहेको छ त प्याड ?

नेपालमा चार प्रकारका संस्थाहरुले नियमित रुपमा प्याड आपूर्ति गर्दै आइरहेको छ । ती हुन् :

१. बहुराष्ट्रिय कम्पनी, जसले आफ्ना उत्पादनहरु नेपालमा आयात गर्दछन् ।

२. स्वदेशी उत्पादक कम्पनी, जसले नेपालमै लगानी गरी विक्रीवितरण गर्ने तथा बाहिर निर्यात समेत गर्दै आएको छ ।

३. नेपाली व्यापारिक कम्पनी, जसले बाह्य देशबाट कच्चा पदार्थ ल्याई नेपालमै प्याकेजिङ गरी विक्रीवितरण गर्दै आएको छ ।

४. साना उद्यमी तथा गैरसरकारी संस्थाहरु, जसले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा बाह्य देशबाट सामग्री ल्याई नेपालमा प्याकेजिङ गरी विक्रीवितरण गर्दछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार