‘स्मार्ट सिटी’को अवधारणालाई साकार पार्न फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन : महानगर प्रमुख दाहाल

चितवन : भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले महानगरलाई फोहोरमैला व्यवस्थापनमा नमूना सहर बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

भरतपुर महानगरपालिकाले गैंडाकोटमा गरेको सहरीकरण, जलवायु परिवर्तन र अनुसन्धान सम्बन्धी गोष्ठीमा महानगर प्रमुख दाहालले ‘स्मार्ट सिटी’ को अवधारणालाई साकार पार्न फोहोरमैलाको दीर्घकालीन व्यवस्थापन गर्न खोजिरहेको बताउनुभयो ।

‘भरतपुर महानगरको फोहोर व्यवस्थापन गरेर स्मार्ट सिटीलाई साकार पार्न महानगर लागिरहेको छ, सबैको ध्यान भरतपुर महानगरले तानेको हुनाले यसले नमूना काम गरेर देखाउन आवश्यक छ’ मेयर दाहालले भन्नुुभयो ।

कार्यक्रममा फोहोरमैला व्यवस्थापन सँग सम्बन्धित विज्ञहरुले स्मार्ट सिटीको अवधारणा ल्याउनु अघि फोहोरको वैज्ञानिक व्यवस्थापन गर्न सुझाव दिएका थिए ।

विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्दै दीर्घकालीन फोहोर व्यवस्थापन नगरेसम्म स्मार्ट सिटीको कल्पना गर्न नसकिने बताएका थिए । विज्ञहरुको कार्यपत्रमा दक्षिण एसियाली सहरहरुमा जलवायु अनुकुलनको लागि दिगो प्रयास फोहोरमैला तथा ढल निकास व्यवस्थापनको सुझाव दिएका थिए ।

कार्यक्रममा प्लास्टिक व्यवस्थापन र कर नीति र हाइड्रो डाइनामिक मोडलिङको विषयमा डा मणि नेपालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । त्यस्तै, प्लाष्टिक फोहोर र व्यवस्थापनको विषयमा विज्ञ ऋषि कट्टेल, भरतपुर महानगरपालिकाकोे फोहोर संकलन सुधार गर्न उपभोक्ताहरुको चाहनामा डा राजेश राईले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार