देउसीभैलोबाट संकलित रकमले गाउँमा ‘डस्टबिन’

गोरखा : सिरानचोक गाउँपालिका ७ श्रीनाथकोटको अर्कुलका युवाले देउसीभैलोबाट संकलित रकमले प्लास्टिकजन्य फोहर व्यवस्थापनका लागि डस्टबिन खरिद गरेका छन् ।

१८ वटा डस्टबिन खरिद गरेर राखिएको स्थानीय प्रताप ढकालले बताउनुभयो । ‘तीन दिन गाउँमै देउसीभैलो खेलेर ४० हजार संकलन गरेका थियौं,’ उहाँले भन्नुभयो ‘मान्छेको चहलपहल हुने टोलका मुख्य–मुख्य ठाउँमा डस्टबिन राख्यौं ।’

सिरानचोक ८ को फिनामटार, अजिरकोट ५ को चनौटे र अर्कुल प्राविमा पनि डस्टबिन राखिएको उहाँले बताउनुभयो । संघर्ष गुरुङको नेतृत्वका ४० जना युवाहरूले समूह बनाई देउसीभैलो खेलेका थिए ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार