पाल्पा : पूर्वखोला गाउँपालिका पाल्पाले विद्यालयका छात्राहरुलाई स्यानिटरी प्याड वितरण गरेको छ । छात्रा महिनावारी भएका समय विद्यालय नआउने र बीचमै विद्यालय छाड्ने दरलाई कम गर्न स्यानिटरी प्याड वितरण गरिएको हो । गाउँपालिकाको ७५ प्रतिशत र विद्यालयको २५ प्रतिशत अनुदानमा स्यानिटरी प्याड वितरण गरिएको छ । गाउँपालिकाभित्रका सात मावि र आठ आधारभूत विद्यालयमा ७२ प्याक स्यानिटरी प्याड वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
महिनावारी भएका बखत छात्रा विद्यालय नजाने, बीचमै कक्षा छाड्ने दर बढ्न थालेपछि गाउँपालिकाले विद्यालयमा स्यानिटरी प्याड वितरण गरेको गाउँपालिकाका अध्यक्ष नुनबहादुरले बताउनुभयो । विद्यालयमा वितरण गरिएको स्यानिटरी प्याड महिला शिक्षकसँग छात्राले सम्पर्क राखी प्रयोग गर्ने व्यवस्था मिलाइएको छ ।


929 पटक हेरिएको 

