सरसफाइ सम्बन्धी ज्ञान फैलाउँदै विद्यार्थी

  यज्ञप्रसाद सापकोटा  2585 पटक हेरिएको
🔗
8
Shares

बर्दिया : पछिल्लो समयमा विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरु आफ्नो घर समुदायमा सरसफाइको सन्देश फैलाउन विभिन्न क्रियाकलाप गर्न थालेका छन् । आफ्नो घर समुदाय र विद्यालय सफा र स्वच्छ हुनुपर्छ भन्दै १८ औ विश्व शौचालय दिवसको अवसरमा बालबालिकाहरुले र्याली सहित विभिन्न कार्यक्रम गरेका हुन् ।

समाज परिवर्तन गर्नका लागि विद्यालयले महत्वपुर्ण भुमिका खेल्न सक्ने हुनाले विद्यालय र विद्यालयमा अध्ययनरत बालबालिकाहरुले बर्दियामा परिवर्तनका लागि केही प्रयास गरेका छन् । त्यसको सकरात्मक असर पनि देखा परेको छ ।

बर्दिया जिल्लाको बढैयाताल गाउँपालिकामा रहेको शिवशक्ती प्राथमिक विद्यालय टेसनपुर र श्री मुक्तकमैया आधारभुत विद्यालय जनतानगर बाँसगढी नगरपालिकामा रहेको विश्वज्योती आधारभुत विद्यालय कुनैठीका बालबालिकाहरुले विश्व चर्पी दिवसको अवसरमा र्याली सहित विभिन्न कार्यक्रम गरेका छन् । विद्यालयमा विद्यार्थीहरुलाई सिकाएपछि उनीहरुले अभिभावकहरुलाई सिकाउने हुनाले विद्यालयमा कार्यक्रम गरीएको बेस बर्दियाकी शान्ति चौधरी बताईन् ।

दिवसमा मात्र नभएर विद्यालयका बालबालिकाहरुले अरु समयमा पनि समुदायमा सरसफाइ सम्बन्धी सचेतना मुलक कार्यक्रम गर्दै आएका छन् । गाउँघरमा गएर विद्यालयमा सिकेका कुराहरु सिकाउने गरेको विद्यार्थीहरु बताउँछन् ।

विद्यालयमा बालबालिकाहरुलाई आनीवानी सुधार्ने र उनीहरुलाई घरमा पनि आनीवानी सुधारका कार्यक्रम गर्न लगाउने गरीएको छ । बेस बर्दियाको सहयोगमा बढैयाताल गाउँपालिका र बाँसगढी नगरपालिकाका केही विद्यालयहरु यस क्रियाकलापमा सक्रिय देखिएका छन् । बर्दिया जिल्लामा पुर्णसरसफाइको अभियान चलिरहेको बेलामा विद्यालयहरुले सक्रियता देखाएर समुदायलाई पुर्णसरसफाइ उन्मुख बनाउने प्रयास थालेको श्री मुक्तकमैया आधारभुत विद्यालय टेशनपुरका प्रधानाध्यापक हितराज सुवेदी बताए ।

विद्यार्थीहरु मार्फत समुदायमा सन्देश फैलाउँदा एकातर्फ बालबालिकाको आनीवानीमा सुधार हुने र अर्को तर्फ समुदायमा सकरात्मक सन्देश फैलने गरेको शिवशक्ती आधारभुत विद्यालय को प्रधानाध्यपक दिलमाया शोनीले बताईन् ।

यसैगरी बेस बर्दियाले बढैयाताल गाउँपालिकाका ४ ओटा र र बाँसगढी नगरपालिकाका ३ ओटा स्वास्थ्य चौकीलाई सरसफाइ सामाग्री वितरण गरेको छ । बर्दिया जिल्लाका विभिन्न स्थानमा १८ औ विश्व शौचालय दिवसको अवसरमा विभिन्न कार्यक्रम गरी मनाएका छन् । बर्दिया जिल्ला सन् २०१७ मा खुल्ला दिशामुक्त क्षेत्र घोषणा भई पुर्णसरसफाइको अभियान सञ्चालन भईरहेको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार