ओडिएफ भएकोमा रौतहटको यमुनामाईलाई पूर्वमन्त्री शाहको बधाई

  संजय सहनी  1059 पटक हेरिएको

रौतहट : पूर्वमन्त्री प्रभु साहले रौतहटको यमुनामाई गाउँपालिकालाई बधाई दिनुभएको छ । शनिवार एक कार्यक्रमका बीच पूर्वमन्त्री एवं नेकपाका प्रदेश नं. २ का अध्यक्ष साथै रौतहट क्षेत्र नं. ३ का सांसद शाहले रौतहटको दोस्रो खुल्ला दिशामुक्त गाउँपालिका घोषणा भएकोमा बधाई दिनुभएको हो ।

१८ स्थानीय तह मध्ये १६ नगरपालिका र २ गाउँपालिका मिलेर बनेको यमुनामाई दुर्गा भगवती पछि दोस्रो खुल्ला दिशामुक्त गाउँपालिकाको रुपमा घोषणा गर्न सफल भएको हो ।

युनिसेफ नेपालको आर्थिक सहयोग तथा आरडी नेपाल र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको प्राविधिक सहयोगमा यमुनामाईलाई खुला दिसामुक्त गाउँपालिका घोषणा गरिएको हो ।

खुल्ला दिसामुक्त घोषणा सभामा प्रमुख अतिथि एवं सांसद साहले प्रतिबद्धता पत्र पढेर उपस्थित सम्पूर्ण जनप्रतिनिधी, स्थानीय बुद्धिजीवी र सर्वसाधारणलाई पढ्न लगाई अब देखि खुल्ला रुपमा दिसापिसाब नगर्ने संकल्प गर्न लगाउनुभएको थियो ।

उहाँले स्थानीय र जनप्रतिनिधीको दृढ इच्छा शक्तिका कारण गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गराउन सफल भएको बताउँदै धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सरसफाइले देश विकासमा ठूलो भूमिका खेल्ने भएकाले यसप्रति सबै जनप्रतिनिधी, प्रतिपक्षी दलले समेत आ–आफ्नो क्षेत्रबाट कम्मर कसेर लाग्न अपिल गर्नुभयो ।

नेता साहले फरक प्रशंगमा बोल्दै रौतहटको यमुनामाई गाँउपालिका छिटै एक विकसित व्यवसायीक बाजारको रुपमा उदाउने बताउदै रौतहटको गौर चन्द्रपुर सडक खण्ड चार लेनको हुने ठोकुवा गर्नुभयो । कार्यक्रमका विशिष्ट अतिथि रुपमा मञ्चमा आसिन प्रदेश सांसद कुन्दन कुशवाहाले खुल्ला दिशाबाट हुने माहामारीबाट बच्न र टोल साथै गाँउपालिकाको इज्जत र सम्मान बढाउन खुल्ला दिशामुक्त अभियानमा सहयोग गर्ने सम्पूर्ण टिमलाई धन्यावाद ज्ञापन गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार