काठमाडौ : एसियाली विकास बैंक (एडीबी) ले ग्रामीण खानेपानी तथा सरसफाइ परियोजना र विद्युतीय प्रसारण लाईन परियोजनाका लागि १ सय ५० मिलियन अमेरिकी डलर ऋण सहायता उपलब्ध गराउने भएको छ ।
सोमबार अर्थ मन्त्रालयमा अर्थ सचिव डा. राजन खनाल र एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभ बीच ऋण सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

१ सय ३० मिलियन अमेरिकी डलर ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाका लागि र २० मिलियन अमेरिकी डलर विद्युतीय प्रसारण लाईन परियोजनाका लागि एडीबीले ऋण सहायता उपलब्ध गराउने अर्थ सचिव खनालले जानकारी दिनुभयो ।
एडीबीले नेपालको आर्थिक तथा सामाजिक विकासमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको छ । त्यस अवसरमा अर्थ सचिव खनालले नेपालको गरिबी निवारणमा एडीबीले पु¥याएको योगदानको प्रसंसा गर्नु भएको थियो ।


2010 पटक हेरिएको 

