चर्पीविनाका पक्की घर (भिडियो)

मोरङ : ९ मंसीरमा कटहरीका जनप्रतिनिधि अनुगमनमा जाँदा उल्टै स्थानीयवासीको खप्की सहनुपर्‍यो। अनुगमनका गएका जनप्रतिनिधिलाई स्थानीयवासीले चर्पी बनाउँदा खेतबारीमा मल नहुने अनौठो जवाफ फर्काए।

झुपडीमा बस्ने र जमिन नभएकाको मात्रै होइन, पक्की घर भएका बासिन्दाले समेत चर्पी बनाएका छैनन्। वडा नम्बर ४ स्थित श्रीआधारभुत विद्यालयको व्यवस्थापन समितिका अध्यक्षको घरमै चर्पी छैन।

२०७२ सालमा तत्कालीन कटहरी गाविसले चर्पी बनाउन प्रयोग गरिने रिङ वितरण गरेको थियो। ती सबै घर(घरमा त्यत्तिकै थन्काइएको छ।

उपभोक्ता समितिका अध्यक्ष चुलाई साहले त्यही रिङ प्रयोग गरी चर्पी बनाए। तर, उनको घरमा अझै २२ वटा रिङ अलपत्र छन्। उनले भने गाविसले बाँडेको नभई निजी लगानीमा रिङ बनाएर राखेको दाबी गरे।

मोरङका १७ वटा स्थानीय तहमध्ये कटहरी पछाडि परे पनि अन्य तहसमेत खुला दिसामुक्त भइसकेका छैनन्। कटहरी ५, ६ र ७ नम्बर वडा खुला दिसामुक्त घोषणाको तयारीमा छन्।

हिमाल खबर पत्रिकाबाट


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार