इञ्जिनियरहरुका लागि छात्रबृत्तिको अवसर

काठमाडौ : एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजी (AIT) ले विगतमा जस्तै विभिन्न विषयमा छात्रबृत्ति उपलब्ध गर्ने भएको छ । वाटर इन्जिनियरिङ एण्ड म्यानेज्मेन्ट (WEM) मा डिग्री तथा पिएचडी गर्न चाहने इन्जिनियरहरु, जसलाई आर्थिक सहयोग आवश्यक परेको छ ? ती आवेदकले छात्रबृत्ति दाबी गर्न पाउनेछन् । छात्रबृत्ति पूर्ण प्रतिस्पर्धात्मक हुने र छात्रबृत्ति ट्यूसन, आवासीय सुविधा, भर्ना शुल्क सबै ओगट्ने गरी प्रदान गरिने जनाएको छ ।

वाटर इन्जिनियरिङ एण्ड म्यानेज्मेन्ट, स्कुल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजी अन्तर्गत पर्ने सिभिल एण्ड इन्फ्रास्ट्रक्चर इन्जिनियरिङको मुख्य कार्यक्रम मध्ये एक हो । एसियन इन्स्टिच्यूट अफ टेक्नोलोजी (AIT) सँग नेपाल इन्जिनियर्स एसोसियसनले विगत देखि नै समन्वय र सहकार्य गर्दै आएको र इञ्जिनियरहरुका लागि यो सुनौलो अवसर रहेको नेपाल इन्जिनियर्स एसोसियसन, ३ नं. प्रदेश कार्यकारिणी समितिका सभापति नन्दलाल बञ्जाडेले जानकारी दिनुभयो ।

उहाँले वाटर इन्जिनियरिङ एण्ड म्यानेज्मेन्ट (WEM) मा डिग्री तथा पिएचडी गर्न चाहने इन्जिनियरहरुलाई आवेदन दिनका लागि समेत आग्रह गर्नुभयो ।

 

छात्रबृत्ति सम्बन्धी बिस्तृत जानकारीका लागि Admissions मा क्लिक गर्नुहोला ।

Admissions

 

Home

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार