
काठमाडौ : राष्ट्रिय मानव अधिकार आयोगले छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई मिलेर काम गर्न आग्रह गरेको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले स्थानीय सरकारले आवश्यक चासो दिए छाउपडी जस्ता महिलाहरुको मानव अधिकार हनन्को घटनामा कमी आउने स्पष्ट पार्नु भयो ।
शुक्रबार ललितपुरमा ‘छाउपडी सम्बन्धी राष्ट्रिय जाँचबुझ कार्यक्रमको प्रतिवेदन’ सार्वजनिक गर्दे उहाँले जनचेतनाको माध्यमबाट छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न सरकारले विशेष कार्यक्रम नै संचालन गर्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । छाउपडीले महिलाहरुको ज्यानै जान थालेपछि आयोगले सो सम्बन्धमा जनचेतनामूलक कार्यक्रम समेत संचालन गर्दै आएको अध्यक्ष शर्माको भनाई छ ।
अध्यक्ष शर्माले छाउपडी जस्ता कुप्रथाको अन्त्यका लागि सरकारले चासो दिएर अभियान सञ्चालन गर्न नसकेको भन्दै असन्तुष्टि पव्यक्त गर्नुभयो । उहाँले यस्तो कुप्रथा अन्त्यका लागि पीडित पक्षलाई पनि जागरुक बनाउनुपर्ने बताउनुभयो ।


1100 पटक हेरिएको 

