महिनावारी स्वच्छता दिवस मनाउन उप समिति गठन

 

काठमाडौ : महिनावारी स्वच्छता दिवस भव्य रुपमा मनाउन उपसमिति गठन गरिएको छ । महिनावारी स्वच्छता दिवस मनाउन गठित कार्यदलको मंगलबार बसेको बैठकले महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालका संयोजक गुणराज श्रेष्ठको संयोजकत्वमा उपसमिति गठन गरिएको हो ।

महिनावारी स्वच्छता दिवस मनाउन यस अघिको बैठकमा राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समिति र महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालका सदस्यहरु सम्मिलित कार्यदल गठन गरिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट महिनावारी स्वच्छता सन्देश दिन लगाउने, सञ्चारमाध्यममा महिनावारी स्वच्छता सम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम सञ्चालन गर्ने, सेलिब्रेटीहरुसँग टिभी अन्तर्वार्ता गराउने, दिवसको नारामा आधारित भएर प्रियंका कार्की तथा रेखा थापा जस्ता सेलिब्रेटिहरुलाई नृत्य गर्न लगाउने, महिनावारी स्वच्छता सँग सम्बन्धित कार्ययोजनाहरु छन् वा कुनै बुकलेटहरु तयार पारेको भए सोही दिन सुरुवात गरी महिनावारी स्वच्छता दिवस मनाउने बिषयमा छलफल भईरहेको महिनावारी स्वच्छता व्यवस्थापन सञ्जालका संयोजक गुणराज श्रेष्ठले जानकारी दिनुभयो ।

हरेक बर्ष मे २८ तारिखमा महिनावारी स्वच्छता दिवस मनाइन्छ । यो दिवस सन् २०१४ देखि विश्वभर मनाउन थालिएको हो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार