
काभ्रे : बनेपा नगरपालिकाको वडा नं. ४ मा अवस्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा महिनावारीका बिषयमा अनुशिक्षण कार्यक्रम गरिएको छ । कक्षा ७, ८ र ९ मा अध्ययनरत छात्रछात्राहरुलाई छुट्टाछुट्टै कक्षामा राखी अनुशिक्षण गरिएको हो ।
विश्व महिनावारी दिवसको सन्दर्भ पारी आयोजना गरिएको अनुशिक्षण कक्षमा ४७ छात्र र ४७ छात्रा सहभागी थिए । उनीहरुलाई महिनावारी स्वच्छता व्यवस्थापन भनेको के हो ? महिनावारी हुँदा ध्यान दिनुपर्ने कुराहरु, आपतकालीन अवस्थामा महिनावारीको स्वच्छता कसरी कायम राख्ने लगायत बिषयमा शिक्षण गराइएको महिला जागरण समूहकी सदस्य भवानी श्रेष्ठले जानकारी दिनुभयो ।

अनुशिक्षणमा सहभागी छात्राहरुलाई मेन्स्टु«अल हाईजिन किट समेत वितरण गरिएको थियो । डेज फर गर्ल्सको सहयोगमा महिला जागरण समूहले आयोजना गरेको अनुशिक्षण कार्यक्रममा सहपाठीहरुलाई महिनावारी हुँदा छात्रहरुको भूमिका, घरमा दिदीबहिनी, आमा, भाउजु लगायत महिलाहरुलाई महिनावारी हुँदा पुरुषहरुले गर्न सक्ने सहयोग लगायतका बिषयमा जानकारी गराइएको थियो ।
चण्डेश्वरी माध्यमिक विद्यालयले विश्व महिनावारी स्वच्छता दिवस समेत विभिन्न कार्यक्रमको आयोजना गरी मनाईने भएको छ ।
महिनावारी सम्बन्धी अनुशिक्षण कार्यक्रमका थप फोटोहरु :






1643 पटक हेरिएको 

