छोराको बलमा छाउपडी प्रथा त्यागेकी लक्ष्मीको अन्तरकथा

‘अब देखि छाउ बार्दिन, म छाउप्रथा सदाका लागि त्यागिदिन्छु र आफ्नो साथी संगीलाई पनि त्याग्न आग्रह गर्छु’ मुगुको सदरमुकाम गमगढीमा सपथ खाएर घर फर्केको दोस्रो दिनमै उहाँलाई महिनावारी भयो । छाउपडी अन्त्यका लागि पहल गर्ने विषयमा आयोजित महिला पुरुष सम विकास सम्बन्धी तालिममा छाउपडी प्रथा त्याग्ने बाचा गरे पनि उहाँलाई आँट आएन । उहाँ छाउपडी त्याग्न चाहनुहुन्थ्यो तर मन कता कता डराई रहेको थियो ।

रुखमा पनि फूल फुल्छ र अन्त्यमा फल दिन्छ’ लक्ष्मी भन्नुहुन्छ ‘यो मानिसमा पनि फूल फुलेको अवस्था हो, महिनावारी नभए सृष्टि चल्दैन, यो सन्तान उत्पादनका लागि योग्य हुनु हो ।

तालिममा सहभागी सबै महिलाले छाउपडी त्याग्ने र अरुलाई पनि त्याग्न लगाउने कसम खाएका थिए । आइएनएफ नामक संस्थाले त्यस्ता महिलाहरुलाई मात्र सहभागी गराएको थियो, जसले समाजलाई बदल्न सक्छ र बदल्न चाहन्छ । लक्ष्मी पेशाले शिक्षिका हुनुहुन्छ ।

तालिममा छाउपडी प्रथा त्याग्छु भनेर कसम खाएकी लक्ष्मीलाई के कुराले छेक्यो त ? लक्ष्मी भन्नुहुन्छ ‘सात दिनसम्म पनि पानी खान नदिने पुरानो चलन यथावत नै थियो । पाँच दिनका दिन कपडा धुने तर कपडा धोए पनि भित्र जान दिदैनथे । तर अरुले भन्दा म कमै बार्थें, मलाई समाजका मानिसहरु नराम्रो दृष्टिले हेर्ने गर्थे ।

त्यो दिन मैले त्याग्ने हिम्मत त गरें तर मलाई देवी देवतादेखि डर लाग्यो, समाजदेखि डर लाग्यो अनि म छाउ भएको बेला बाहिरै बसें । पछि कान्छो छोरोको सहायताले मैले छाउप्रथा सधैंको लागि अन्त्य गरें ।’

तालिमबाट नपाएको आँट छोराले दिएपछि……

आमा तालिमबाट फर्के पछि नै छोरोले चासो दिएर सोध्न थालेको थियो । लक्ष्मीले पनि छोरोलाई सबै कुराको बेलिविस्तार लगाउनुभएको थियो । ‘बाबु ! छाउपडी अन्त्य गर्नु पर्ने रे ! पहिले आफ्नै घरबाट शुरुवात गर्नुपर्ने रे, अनि विस्तारै अरुलाई पनि छाउपडी प्रथा त्याग्न लगाउनुपर्ने रहेछ’ आमाको कुरा सुनेपछि छोरो भित्रभित्रै खुसी भइसकेका थिए ।

‘भीरमा गएपछि लड्छ, अगाडि पनि भीरबाट लडेर मर्थे अरुका पनि गोरु मर्थे । भीरमा गएपछि त मर्छन् त ? अरु छाउ भएका बेला घर भित्र पसेरै मरेका हुन् त ? उनीहरु त बाहिरै बसेका थिए तर कसरी मरे त गोरु ?’

त्यो दिन लक्ष्मी बाहिर बसिरहनुभएको थियो, उहाँले खाना पनि बाहिरै मगाउनुभयो, मुखले छाउपडी त्याग्नुपर्छ भने पनि मनै बाट आँट आइरहेको थिएन, त्यहीबेला उहाँको छोरो भगवान बनेर आइदियो ‘भित्र आउनुहोस् ममी, तपाई पढे लेखेको मान्छे, त्यत्रो तालिम पाउनुभएको छ, आफै परिवर्तन हुनुहोस् न !’ यत्ति भनेपछि आमालाई भित्र तानेर खाने थाल र अरु भाँडाकुँडा पनि सबै घरभित्रै लगिदियो ।’

लक्ष्मीका लागि त्यो एउटा ऐतिहासिक दिन थियो । बर्षौदेखिको जञ्जीर छोराको सहायतामा चुँडाएको दिन । त्यस यता लक्ष्मीले कहिल्यै बाहिर बस्नु परेन, बरु अरुलाई पनि भित्र बस्नका लागि प्रेरित गर्नुभयो । आज पनि उहाँकै प्रेरणाबाट धेरै दिदीबहिनीले घर भित्र बस्न पाएका छन् ।

गाउँका महिला तथा पुरुषहरुलाई तालिम दिदै, लक्ष्मी बस्नेत ।

मान्छेमा फुलेको फूल हो ‘महिनावारी’

महिनावारी भएको समयमा बाहिर राख्ने, छुवाछुत गर्ने प्रथा रुढीबादी हो र यसलाई आफैले चुडाल्नुपर्छ भन्ने उदाहरण बन्नुभएकी लक्ष्मी महिनावारीलाई फक्रेको फूल सँग तुलना गर्नुहुन्छ । ‘एउटा फल लाग्नका लागि फूल फुल्छ ।

रुखमा पनि फूल फुल्छ र अन्त्यमा फल दिन्छ’ लक्ष्मी भन्नुहुन्छ ‘यो मानिसमा पनि फूल फुलेको अवस्था हो, महिनावारी नभए सृष्टि चल्दैन, यो सन्तान उत्पादनका लागि योग्य हुनु हो । मैले दिदी बहिनीलाई यही भन्ने गरेकी छु ।’

 

गाई लड्दा पनि दोष पाएँ

भदौ असोजमा छाउपडी प्रथा त्यागेकी लक्ष्मी कार्कीको दुई वटा गाई हिउँदमा लडेछन् । धेरैले त्यत्ति बेला पनि भने रे ‘छाउ नबार्ने भएपछि देवता रिसायो र गाई लड्यो’ तर लक्ष्मी यो कदापि स्वीकार्नु हुन्न ।

उहाँको एउटै जवाफ छ ‘भीरमा गएपछि लड्छ, अगाडि पनि भीरबाट लडेर मर्थे अरुका पनि गोरु मर्थे । भीरमा गएपछि त मर्छन् त ? अरु छाउ भएका बेला घर भित्र पसेरै मरेका हुन् त ? उनीहरु त बाहिरै बसेका थिए तर कसरी मरे त गोरु ?’

देवी रिसाए पनि आफूसँग रिसाउनुपर्ने उहाँको तर्क छ । छाउ भएको बेला भित्र पस्ने पनि आफू भएको र देवीले दण्ड दिएपनि आफूलाई नै दिने उहाँको भनाई छ । ‘देवीले दण्ड दिए मलाई दिनुपथ्र्यो, निर्दोष पशुलाई किन गथ्र्यो, पशु त भीरमा गयो, लड्यो म¥यो तर मलाई अहिलेसम्म केही भएको छैन, पेट पनि दुखेन, ज्वरो पनि आएन, टाउको पनि दुखेन, मलाई यही लाग्छ ।’

गाउँका महिला तथा पुरुषहरुलाई तालिम दिदै, लक्ष्मी बस्नेत ।

छाउपडी प्रथा त्यागेपछि सरसफाइ पनि राम्रो

 

छाउपडी त्यागेपछि महिनावारी भए नभएको कसैलाई थाहा नहुने लक्ष्मीको अनुभव छ । ‘अहिले त घरमै बस्छु, कोठा सरसफाइ गर्ने दिनदिनै नुहाउने गर्छु । यसो गरेपछि त अरुलाई पनि थाहा नहुने भयो । अहिले हाम्रो स्वास्थ्यमा कति सुधार भएको छ’ लक्ष्मीले भन्नुभयो ।

शुरुमा छाउपडी त्याग्दा के चलन ल्यायो तिमीहरुले ? भन्ने बूढाबूढीका छोरी बुहारीले पनि हिजो आज लक्ष्मीकै बाटो पछ्याएका छन् । ‘नयाँ छोरी बुहारीहरु बाहिर बस्न मान्दै मान्दैनन् । घरभित्रै अर्को कोठा बनाएर बसेका छन् प्रायःजसो बाहिर बस्न मान्दै मान्दैनन्‘ लक्ष्मीले भन्नुभयो ।

अहिले त मेरो मुखान्जी कसैले पनि कुरा काट्न हिम्मत गर्दैनन्, अगाडि नभनेपछि पिठ्यूँ पछाडि त जे भने पनि भनुन् नै जस्तो लाग्छ ।

उहाँका अनुसार महिनावारी भएको समयमा अहिले गाउँभरिकै महिला बाहिर जाँदैनन् । उनीहरुका घरमा छुट्टै कोठा बनेका छन् । भान्छा कोठा र पूजा कोठामा भने अहिले पनि जान दिदैनन् ।

 

लक्ष्मीको अठोट

गोठबाट घरमा र घरमा पनि एउटा कोठामा मात्र सीमित भएका नारी कुनै दिन पुरुष जस्तै घरको सबै कोठामा जान्छन् भन्ने विश्वास छ, लक्ष्मीलाई । विभिन्न देवी देवताको नाम उच्चारण गर्दै लक्ष्मी भन्नुहुन्छ ‘लक्ष्मी, दुर्गा, सरस्वती पनि स्त्री हुन् नि ? उनीहरु पनि छाउ हुन्थ्यो होला ? उनीहरुको त धामी, पूजारीहरुले पूजा गर्छन्, मलाई संसारका नारी जाति नै देवी हुन् भन्ने लाग्छ ।

छाउपडी प्रथा त्याग्ने महिला हुन पाएकोमा गर्व

‘महिला सशक्तिकरणको तालिम लिएँ, आफै पनि पढेलेखेको हुनाले किताब तथा पत्रपत्रिका पढिरहन्थें, छाउपडीका विषयमा रेडियोमा समाचार सुन्थें । मलाई छाउपडी प्रति घृणा जागेर आउँथ्यो । बरु समाजबाट तिरस्कृत भएपनि हुन्छु तर छाउपडी त्यागेरै छाड्छु भन्ने आँट थियो । मलाई पहिले यो गाई छुने, पानी खाने धारा छुने महिला भनेर पनि भन्थ्यो, तर मैले वास्तै गरिन ।

 

अहिले त मेरो मुखान्जी कसैले पनि कुरा काट्न हिम्मत गर्दैनन्, अगाडि नभनेपछि पिठ्यूँ पछाडि त जे भने पनि भनुन् नै जस्तो लाग्छ । मलाई गौरव छ मैले सदाको लागि छाउपडी त्यागें अब मलाई रोक्ने कोही छैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार