
काठमाडौ : विश्व महिनावारी स्वच्छता दिवस मे २८ का दिन संसारभर धुमधामका साथ मनाईयो । अघि पछि महिनावारीका बिषयमा चुपचाप रहने सरकारी तथा गैरसरकारी संस्थाले समेत दिवसका बेला अनेकन कार्यक्रम गरेका छन् ।
तर डेज फर गर्ल्सका लागि भने बाह्रै महिना महिनावारी स्वच्छता दिवस हो । यो संस्थाले सधैं किशोरी र महिलाहरुलाई महिनावारी सम्बन्धी स्वास्थ्य, प्रजनन स्वास्थ्य, महिनावारी हुँदा गर्नुपर्ने व्यक्ति सरसफाइ सम्बन्धी र आत्मबल बढाउने तालिमहरु प्रदान गर्दै आएको छ ।
यो संस्थाले पुनः प्रयोग गर्न मिल्ने प्याडको वितरण गर्नुका साथै हाते प्याड बनाउने तालिम समेत प्रदान गर्दै आएको छ । किशोरी र महिलाहरु माथि हुने यौन दुव्र्यवहार, मानव बेचबिखन, बालविवाह र छाउपडी जस्ता सामाजिक कुप्रथाको अन्त्यका लागि पनि डेज फर गर्ल्स क्रियाशील छ ।
डेज फर गर्ल्स नेपालले महिनावारी स्वच्छता दिवसमा गरेको काम

सधैभर महिलाहरुको महिनावरी स्वच्छता एवं प्रजनन् स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको डेज फर गल्र्स नेपालले छैटौं महिनावारी स्वच्छता व्यवस्थापन दिवसको अवसर थुप्रै काम सम्पन्न गरेका छन् ।
संस्थाले काठमाडौका विभिन्न विद्यालयका ४८ जना छात्रछात्रालाई समावेश गरी एक दिने चित्रकला कार्यशाला गरेको थियो । कार्यशालामा सिर्जना गरिएको चित्रहरुको प्रदर्शन ललितको पाटन दरबार क्षेत्रमा गरिएको थियो । यस्तै जेठ १३ का दिन काभ्रे जिल्लाको शिर मेमोरियल अस्पतालमा र १४ गते काठमाडौ, बसन्तपुर क्षेत्रमा प्रदर्शनी गरिएको थियो ।
यस्तै महिनावारी स्वास्थ्य सम्बन्धी विभिन्न जानकारी प्रदान गरी महिनावारी हुँदा धोएर पुनः प्रयोग गर्न मिल्ने डि.एफ.जी. प्याडका बारेमा समेत किशोरीहरुलाई जानकारी दिईएको थियो । डेज फर गल्र्स नेपालले चण्डेश्वरी माविका कक्षा ७, ८ र ९ मा अध्ययनरत छात्रछात्रालाई छट्टाछुट्टै कक्षामा राखी महिनावारी स्वास्थ्य सम्बन्धी चेतनामूलक छलफल समेत सम्पन्न गरेको छ ।
डेज फर गर्ल्स नेपालले महिनावारी स्वच्छता दिवसमा सञ्चालन गरेको कार्यक्रमको थप फोटोहरु :





1611 पटक हेरिएको 

