आयआर्जनका लागि स्यानिटरी प्याड बनाउने तालिम

दाङ : तुलसीपुर उपमहानगरपालिका–१७ वडा कार्यालयले महिलाहरुका लागि स्यानिटरी प्याड निर्माण सम्बन्धी तालिम सञ्चालन गरिरहेको छ । घरेलु प्रविधिबाट निर्माण गरिने स्यानिटरी प्याड बनाउने तालिममा स्थानीय महिला सहभागी छन् ।

वडा भित्रका महिलाहरुको आयआर्जनका लागि तालिम प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । तालिम प्राप्त भएपछि महिलाहरुले आफूलाई चाहिने प्याड आफै निर्माण गर्न सक्षम हुनेछन् भने व्यवसायिक प्रयोजनका लागि स्यानिटरी प्याड निर्माण गर्न सकिने कार्यालयले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार