महिनावारी हुँदा आफ्नो शारीरिक अवस्थाबारे ख्याल राख्नु भएको छ ?

 

काठमाडौ : महिनावारी हुँदा आफ्नो अवस्थाबारे तपाईले कतिको ख्याल राख्ने गर्नुभएको छ ? अहिलेसम्म खासै ध्यान दिनुभएको छैन भने अब महिनावारी भएको समयमा आफ्नो शारीरिक अवस्थाबारे ध्यान दिन आवश्यक छ । महिनावारी भएको बेला आफ्नो शारीरिक अवस्थाबारे सानो भन्दा सानो कुराको पनि हेक्का राखेमा आफैलाई फाइदा हुन्छ ।

महिनावारी चक्र सामान्यतय २८ दिने भए पनि कतिपय महिलालाई चाँडो त कतिलाई ढिलो पनि हुनसक्छ । महिनावारी हुँदा कतिलाई तल्लो पेट दुख्छ भने कतिलाई केही नहुन पनि सक्छ । जे होस् महिनावारी भएको समयमा निम्न कुरामा विशेष ध्यान दिनुपर्छ ।

 

 महिनाको कतियौँ दिनमा महिनावारी हुने गरेको छ ? त्यसको दिन गन्ती गरेर राख्ने ।

 रक्तस्राव कति दिन सम्म हुने गरेको छ यकिन गर्ने ।

 रक्तश्राव हुने प्रक्रिया कस्तो छ पहिचान गर्ने ।

 घरबाट टाढा जाँदै हुनुहुन्छ भने महिनावारी हुने समय, रक्तश्रावको प्रकृति हेरी आवश्यक बन्दोबस्त मिलाउन सजिलो हुन्छ ।

 

भिएसओ (VSO) ले तयार पारेको सूचना, शिक्षा तथा सञ्चार सामग्री (IEC Materials) बाट ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार