कम्पोष्ट बिनको प्रयोग गरी जैविक मल बनाउने विधि थाहा पाउनुहोस्

 

काठमाडौ : कम्पोष्ट मल अत्यन्त सरल र वातावरणमैत्री तरिकाले बनाउन सकिन्छ । आँगनको एक कुनामा फोहोरलाई एउटा भाँडोमा जम्मा गरेर दुर्गन्ध नआउने गरी मल बनाउन सकिन्छ ।

कम्पोष्ट बिन बाक्लो प्लाष्टिकले बनेको हुन्छ । ड्रमको माथिल्लो खुला भाग ढकनीले ढाकेको हुन्छ । ढकनी आवश्यकता अनुसार खोल्न र बन्द गर्न सकिन्छ । बिनको भित्री भागलाई फलामे गोलो फ्रेमले माथिल्लो ठूलो भाग र तल्लो सानो भागमा विभाजन गरिएको हुन्छ ।
फलामे फ्रेममा २ /२ इन्चको फरकमा फलामको डण्डीहरु राखिएको हुन्छ । माथिल्लो ठूलो भागलाई मल बनाउने कक्ष भनिन्छ र सानो भागलाई मल संकलन गर्ने कक्ष भनिन्छ । मल संकलन गर्ने भागमा एउटा सानो खापा सहितको ढोका हुन्छ ।

आवश्यकता अनुसार यो ढोका पनि खोल्न र बन्द गर्न सकिन्छ । मल बनाउने कक्षमा धेरै सा – साना प्वाल छन् । ती प्वालहरुबाट बिन भित्र हावा चलखेल हुन्छ ।

मल बनाउने तरिका : 

 जैविक फोहोर संकलन गर्न एउटा विर्को भएको प्लाष्टिकको बाल्टिन व्यवस्था गर्ने ।

 घरबाट निस्केको जैविक फोहोरलाई करिब १्२ अमल जाति स साना टुक्रा पारेर बाल्टिनमा जम्मा गर्ने ।

 फोहोर फाल्दा परिवारका सबै सदस्यहरुलाई टुक्रा पारेर फाल्ने बानी बसाल्न लगाउने ।

 फोहोर फालेपछि बाल्टिन सधैं बिर्कोले छोपेर राख्ने ।

 दिनभरिको फोहोर यसैमा जम्मा पारेर राख्ने ।

 अब फोहोर कम्पोष्ट बिन भित्र हाल्ने ।

 बाल्टिनमा जम्मा पारेको फोहोर बिहान वा बेलुकी दिनको एक पटक कम्पोष्ट बिन भित्र खन्याउने ।

 खन्याएको फोहोर एक ठाउँमा मात्र नथुप्रियोस् भन्नाका लागि साबेलले चलाएर एकै सतह मिलाउने । यसो गर्दा सबै फोहोरले हावा, चिस्यान र जोडन समान रुपमा प्राप्त गर्न सक्छ ।

 आफूसँग भएको सतही माटो वा पुरानो कम्पोष्टको छोक्रा वा करिब एक चिया गिलास इ.एम झोल वा एक मुठ्ठी बोकासी धुलो अर्थात नेपाली उत्पादन जिबानु झोल फोहोर माथि छरिदिने ।

 छर्ने बित्तिकै विर्को तुरुन्तै बन्द गर्ने ।

 दिनहुँ उत्पादन हुने फोहोरको मात्रा धेरै कम भएमा हप्ताको एक वा दुई पटक मात्र छर्किए पनि पुग्छ ।

 घरको फोहोर बाहेक खरानी र कुखुरा, गाई, खरायो आदि घरपालुवा जनावरको मल पनि कम्पोष्ट बिन भित्र राख्न सकिन्छ ।

 यदि बिन भित्रको मलको थुप्रो सुख्खा हुन गएमा पानी छम्केर चिस्यान बनाईराख्नु पर्दछ ।

 २/३ महिनासम्म फोहोर हालिसकेपछि मल पाक्यो वा पाकेन परिक्षण गर्नुपर्दछ ।

 तल्लो मलन संकलन कक्षको ढोका खोलेर मल खसे नखसेको हेर्ने ।

 यदि मल खसेको छैन भने मल तान्ने डण्डीले फलामे फ्रेमभित्र कोट्याएर मल निकाल्ने ।

 यदि मल पाकिसकेको छ भने कोट्याएर पुनः मल निकाल्ने । यदि मल पाकेको छैन भने अरु केही दिन कुर्ने ।

 दालभात, तरकारी, फलफूल जस्ता नरम खाने फोहोर भए २ महिनामा पाक्छ ।

 पाकेको मल अब तपाईले खेतबारी वा करेसाबारीमा प्रयोग गर्न सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार