
काठमाडौ : पूर्ण सरसफाइको लागि महत्पूर्ण पक्ष मानिएको दिसाजन्य लेदो व्यवस्थापनका लागि तालिम दिईने भएको छ । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले यही सेप्टेम्बर ११ देखि १३ सम्म तालिम सञ्चालन गर्न लागेको हो । यसका लागि सेप्टेम्बर २ सम्ममा अनलाइन आवेदन दिनुपर्नेछ ।
आवेदन र थप जानकारीका लागि तलको लिङ्क क्लिक गर्नुहोला ।
http://enpho.org/wp-content/uploads/2019/08/FSM-26-Aug-2019.pdf
पूर्ण सरसफाइ, शहरी सरसफाइ तथा शहरव्यापी सरसफाइ एवं दिसाजन्य लेदो व्यवस्थापन र विकेन्द्रित फोहोर पानी प्रशोधन प्रणालीमा काम गरिहनुभएको छ ? या सरसफाइको क्षेत्रमा प्रवेश गर्न चाहनुहुन्छ भने यो अवसर तपाईकै लागि हुन सक्छ ।
तालिममा किन सहभागिता जनाउने ?
सामुदायिक स्वास्थ्य र वातावरण संरक्षणमा दिसाजन्य लेदो व्यवस्थापनको महत्वबारे छलफल गर्न ।
समग्र सरसफाइ प्रणालीसँग दिसाजन्य लेदो व्यवस्थापनको सम्बन्धबारे छलफल गर्न ।
दिसाजन्य लेदो व्यवस्थापनको कार्यान्वयन गर्दा आईपर्ने चुनौती र समाधानका उपायहरुको पहिचान गर्न ।
दिसाजन्य लेदो व्यवस्थापनको क्षेत्रमा क्रियाशील अभ्यासकर्ताहरु बीचको सञ्जाल स्थापना गर्न ।
तालिमका विशेषताहरु :
दक्ष तालिम प्रशिक्षकद्वारा सहजीकरण गरिने ।
सहभागितात्मक तालिम पद्धति ।
दिसाजन्य लेदोको उचित प्रशोधन विधिबारे दिसाजन्य लेदो प्रशोधन केन्द्रको अवलोकन भ्रमण गराईने ।
तालिम शुल्क ६,००० मात्र ।


1774 पटक हेरिएको 

