छाउगोठमा बस्नेलाई फौजदारी अपराधको मुद्दा चलाईने

 

दैलेख : छाउगोठ भत्काउने अभियानमा आक्रमक रुपमा लागेको दैलेख प्रहरीले छाउगोठमा बसेको भेटिएमा त्यस्ता महिलालाई फौजदारी अपराध संहिता अन्तर्गत मुद्दा चलाउने भएको छ । छाउगोठ भत्काउँदा समेत गाईभैँसीकै गोठमा बस्ने गरेको जानकारी आएकाले त्यस्ता महिला विरुद्ध मुद्दा चलाईने प्रहरी प्रमुख डिएसपी हरिबहादुर ओलीले जानकारी दिनुभयो ।

छाउप्रथा त्याग्न विभिन्न सचेतनामुलक कार्यक्रम सञ्चालन गर्दा समेत अटेर गरेर गाईभैसीको गोठमा बस्ने गरेको भेटिएमा गाईभैसीको गोठमा बस्ने र बस्न बाध्य बनाउने दुवैलाई कानुनी कार्वाहीको दायरामा ल्याईने डिएसपी ओलीले बताउनुभयो ।

उहाँका अनुसार दैलेखमा छाउपडी प्रथा उन्मुलनका लागि अहिलेसम्म ६३ वटा छाउगोठ भत्काइएको छ । चामुण्डाविन्द्रासैनी र आठबीस नगरपालिका तथा भैरबी र गुराँस गाउँपालिकामा गरी ६३ वटा छाउगोठ भत्काइएको हो ।

सामाजिक कुसंस्कारको रूपमा व्याप्त छाउपडी प्रथा उन्मुलनका लागि स्थानीय प्रशासनले कडाइका साथ काम सुरु गरेको उहाँले बताउनुभयो ।

पहिलो चरणमा ११ वटै स्थानीय तहमा छाउपडी उन्मुलन सम्बन्धी अन्तरक्रिया र छलफल गरिएको थियो । अहिले जिल्लाभर छाउगोठ भत्काउने अभियान थालिएको र छाउगोठ भत्काउने अभियानमा सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्री सहितको प्रहरी टोली समेत खटिएको डिएसपी ओलीले बताउनुभयो ।
छाउगोठ भत्काउन स्थानीय तहका जनप्रतिनिधी पनि सक्रिय रुपमा खटिरहेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार