पूर्ण सरसफाइ अभियानमा चाँगुनारायण नगरपालिकाको अग्रगमन

 1732 पटक हेरिएको

भक्तपुर : चाँगुनारायण नगरपालिका, भक्तपुरले स्वास्थ्य संस्थाकोे लागी पूर्ण सरसफाइ सम्बन्धी १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । चाँगुनारायण नगरपालिका भित्र रहेको स्वास्थ्य संस्थाहरुलाई पूर्ण सरसफाइको बिषयहरुमा लक्षित गरि कार्यक्रममा अभिमुखिकरण गरिएको थियो । कार्यक्रममा चाँगुनारायण नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत चिरञ्जिवी तिम्सिनाले सम्बोधन गर्दै आगामी २०७८ पौष मसान्त भित्र नगरपालिका पूर्ण सरसफाइ उन्मुख हुने लक्ष्यको साथ ग्लोबल स्यानिटेशन फण्ड र यु.एन. ह्याविट्याटको साझेदारीमा अभियान संचालन गर्दै रहेको र  यसको लागी वडा स्तरमा, समुदाय स्तरमा र बिद्यालय स्तरमा समेत छलफल र अभियान मूलक क्रियाकलापहरु संचालन भई रहेको जानकारी गराउनु भयो । नगरपालिकाको लक्ष्य प्राप्तीमा सबै निकाय लाग्नु पर्ने र यो साझा अभियानलाई सफल बनाउनु पर्ने वहाँले बताउनु भयो ।

 

 

 

कार्यक्रममा नगरपालिकाको जनस्वास्थ्य अधिकृत सत्य कुमार दुवालले स्वास्थ्य संस्थाबाट उत्पादन हुने फोहोर मैलाको बारेमा चर्चा गर्नु भएको थियो । अभिमुखिकरण कार्यक्रममा पूर्ण सरसफाइ कार्यक्रमको नगरपालिका संयोजक सुरेन्द्र लामिछानेले पूर्ण सरसफाइको अवस्था र सूचकहरुको विषयमा जानकारी गराउनु भएको थियो । यु.एन.ह्याविट्याटको जिल्ला संयोजक पार्वती दंगालले स्वास्थ्य संस्थाको सरसफाइको अवस्था बारेमा थप प्रकाश पार्नु भएको थियो । स्वास्थ्य संस्थामा प्रयोग गरिएको वा निर्माण भएको वास सुबिधाहरु प्रयोगकर्ता मैत्री हुनु पर्ने भन्ने बिषयमा अभिमुखिकरण मार्फत जानकारी गराउनु भएको थियो । नगरपालिकाको पूर्ण सरसफाइ कार्यक्रमको कार्यक्रम संयोजक राम सत्यालले स्वास्थ्य संस्थामा खानेपानी सरसफाइ र स्वच्छताको क्षेत्रमा वर्तमान अवस्था र समस्या तथा चुनौतीहरु कस्तो रहेको छ भन्ने विषयमा सहभागीहरुको बिचमा समुह छलफल र प्रस्तुतीकरण गर्नु भएको थियो  जसमा सहभागीहरुको छलफलबाट निम्न बिषयबस्तुहरु प्राप्त भएको थियो :

 

  • नगरपालिका भित्र रहेको स्वास्थ्य संस्थाहरुमा प्रयोगकर्ता मैत्री शौचालय नभएको –
  • स्वास्थ्य संस्थामा पानीको धाराको व्यवस्थापन नभएको –
  • पुन प्रयोग गर्न सकिने फोहोर मैला व्यवस्थापनको लागी अटो क्लेभ मेशिनको आवश्यकता रहेको –
  • स्वास्थ्य संस्था वरपर बगैचा, हरित उद्यान, पार्क, कम्पाउण्ड वाल र सार्वजनिक शौचालयको व्यवस्थापन हुनु पर्ने –
  • स्वास्थ्य संस्थाको वास सुबिधाहरुको स्त्तरोन्नती र योजनालाई कार्यान्वयन गर्नको लागी नगरपालिका र वडा कार्यालयले प्रर्याप्त बजेटको व्यवस्थापन गर्नु पर्ने ।

 

 

 

 

खानेपानी र सरसफाइको बिषय संबिधानको मैलिक हक अन्र्तगत रहेता पनि कार्यान्वयन पक्ष कम्जोर रहेको धारणा समेत कार्यशालामा उठेको थियो । समुदाय स्तरमा अखाद्य वस्तुहरुको अत्यधिक प्रयोग, बानी व्यवहार परिवर्तन नहुनु, पोषण युक्त खानाको कमी, बिषाधी युक्त खानाको अत्यधिक प्रयोग, लैगिक र अर्थपूर्ण सहभागीता नहुनु लागाएतको बिषयबस्तुहरु कार्यशालामा उठेका थिए ।

कार्यक्रमको समापनमा सहभागीहरुको तर्फबाट बोल्दै नगरकोट स्वास्थ्य चौकीको प्रमुख मनोज कुमार मण्डलले स्वास्थ्य संस्थाहरुबाट उत्पादन हुने फोहोर मैलाहरु हानीकारक हुने हुँदा प्रशोधन गरेर मात्र व्यवस्थापन गर्नु पर्ने हुँदा यसको लागी आवश्यक स्रोत र साधन नगरपालिकाले व्यवस्थापन गरि दिनु पर्ने भनाई राख्नु भएको थियो । झौखेल स्वास्थ्य चौकी प्रमुख बिष्णु थापाले बानी व्यवहार परिवर्तन र समन्वय सहकार्यले मात्र पूर्ण सरसफाइ अभियानले सार्थकता पाउने भनाई राख्नु भएको थियो । कार्यक्रमको समापन सत्रलाई सम्बोधन गदै नगरपालिकाको शाखा अधिकृत एंव वास फोकल पर्सन बिजय कुमार शर्माले बजेटको उपलब्धताले मात्र बानी व्यवहारमा परिवर्तन ल्याउन नसकिने र स्वास्थ्य संस्थाको अगुवाईमा समुदाय स्तरमा कसरी चेतना फैलाउन सकिन्छ भन्ने तिर केन्द्रित हुनु पर्ने भनाइ राख्नु भएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार