खानेपानी आयोजना निर्माण पश्चातको चरण किन आवश्यक छ ? (भिडियो रिपोर्ट)

 2059 पटक हेरिएको

काठमाडौ : अधिकांश खानेपानी आयोजनाको काम सम्पन्न भएपछि सहयोगी निकायले उपभोक्ता समितिलाई हस्तान्तरण गरिन्छ । उपभोक्ता समितिले पनि आयोजना सम्पन्न गरेसँगै आफ्नो जिम्मेवारी सकियो भन्ठान्छन् र जत्तिबेला सम्म पानी झर्यो त्यत्तिन्जेलसम्म उपभोक्ताले पानी पिउँछन् ।

उपभोक्ता समिति नै निश्क्रिय भएपछि खानेपानी आयोजनामा सामान्य समस्या आउँदा पनि खानेपानी सेवा बन्द हुन्छ । त्यसपछि पुरानै अवस्थामा फर्किनु परेका कयौं घटनाहरु छन् । खानेपानी आपूर्तिमा देखिएको यिनै समस्यालाई ध्यानमा राखी ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समितिले भने सम्पन्न भएका खानेपानी आयोजनामा निर्माण पश्चातको चरण भनेर कार्यक्रम नै सञ्चालन गर्ने भएको छ । निर्माण पश्चातको चरण किन आवश्यक छ ? हेरौं यो रिपोर्ट ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार