यसरी बनाउन सकिन्छ कपडाको स्यानिटरी प्याड (भिडियो सहित)

 2399 पटक हेरिएको

काठमाडौ : हेर्दा रुमाल जस्तै आकर्षक देखिने । स्वीटरको गोजीमै बोक्न पनि मिल्ने । अरु स्यानिटरी प्याड भन्दा फरक तर कामको हिसाबले भरपर्दो स्यानिटरी प्याडको नाम हो ‘कपडाको प्याड’ ।

यत्ति सुन्दर प्याड बनाउने सीप सिक्न पाए कति राम्रो–राम्रो । सिक्न नसकेपनि प्याड बनाउने तरिका, प्रयोग गर्ने विधि, यसका फाइदाहरुबारे जानकारी हासिल गर्नुभयो भने तपाईकै लागि लाभदायक हुन्छ । कपडाको प्याड बनाउन सीप हासिल गर्नु भएमा आफ्नो प्रयोगका लागि मात्र होइन, व्यवसायिक प्रयोजनकै लागि पनि उपयोगमा ल्याउन सकिन्छ । भिडियो हेरेको आधारमै मात्र यो प्याड सिलाउन नसकेपनि यस सम्बन्धी आधारभूत ज्ञान प्राप्त गर्न सकिन्छ ।

हामीले कपडाको प्याड बनाउने तरिका, प्रयोग गर्ने विधि, धुने तरिका र कपडाको प्याड प्रयोग गर्दा हुने फाइदाका बारेमा डेज फर गर्ल्स नेपालकी सिलाई अधिकृत लक्ष्मी महर्जनसँग भिडियो सम्बाद गरेका छौं ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार