सांसद पालको चुनौती : एकदिन छाउगोठमा बसेर देखाउनुहोस्

 

काठमाडौ : छाउगोठ भत्काएकोमा विरोध गर्नेलाई नेकपा सांसद निरुदेवी पालले एक दिन छाउगोठमा बसेर देखाउन चुनौती दिनु भएको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा सांसद पालले सुदूरपश्चिम र कर्णाली प्रदेशमा रहेका छाउगोठ भत्काएको विरोध गर्नेहरूलाई यस्तो चुनौती दिनु भएको हो । सुदूरपश्चिम र कर्णालीका छाउगोठ भत्काउने अभियान सञ्‍चालन गरेर गृहमन्त्रालले राम्रो काम गरेको उहाँको भनाइ थियो।

ुडलर खेती गर्नेहरूको टाउको दुखाई गर्नु स्वाभाविक हो किनभने घरहरू देखाएर आयस्रोत बटुल्ने प्रयास थियो,ु उहाँले भन्नुभयो ‘त्यस्तो टाउको दुखाई हुनुपर्ने दाजुभाइ हुनुहुन्छ भने कम्तीमा पनि एक दिन मात्रै बसेर देखाइदिनुहुन अनुरोध गर्दछु। सुदूरपश्चिम र कर्णालीकाले टाउको उठाइरहेका बेला किन यो विषय आएको हो ? म गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

संसदको महिला तथा सामाजिक विकास समिति सभापति समेत रहनु भएकी पालले गृहमन्त्रालयले सोमबारसम्म सुदूरपश्चिम र कर्णालीका १२ जिल्लामा ८ हजार ७ सय छाउगोठ भत्काएको जानकारी गराउनुभयो । यस अघिको प्रतिनिधि सभा बैठकमा नेकपाका सांसद गजेन्द्र महतले छाउगोठ भत्काउने गृहमन्त्रालयको कार्यको विरोध गर्नु भएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार