कपडाको स्यानिटरी प्याड किन ? यसो भन्छन् प्याड प्रबर्द्दक

 335 पटक हेरिएको

काठमाडौं : बजारमा अहिले विभिन्न थरीको स्यानिटरी प्याड पाइन्छन् । स्यानिटरी प्याडको बार्षिक अनुमानित आवश्यकता करिब १५ देखि २० करोड थान भएपनि नेपाली बजारमा बार्षिक १० करोड थान स्यानिटरी प्याडको विक्री वितरण हुर्दै आएको अध्ययनले देखाएको छ ।

स्यानिटरी प्याडको नेपाली बजारमा बहुराष्ट्रिय कम्पनीहरुकै बर्चस्व छ । जो आफ्ना उत्पादनहरु नेपालमा आयात गर्छन् । स्वदेशमै प्याड उत्पादन गर्ने कम्पनीहरुले भने नेपालमै लगानी गरी विक्री वितरण गर्ने र बाहिर निर्यात पनि गर्दै आएका छन् । अर्को थरी नेपाली व्यापारिक कम्पनी पनि छ, जसले बाह्य देशबाट सामग्री ल्याई नेपालमा प्याकेजिङ गरी विक्री वितरण गर्दछन् । अनि साना उद्यमी तथा गैर सरकारी संस्थाहरु जसले अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुको सहयोगमा बाह्य देशबाट सामग्री ल्याई यहाँ प्याकेजिङ गरी विक्री वितरण गर्दछन् ।

तर उल्लेखित प्याड उत्पादक तथा वितरक कम्पनीहरु भन्दा फरक छ, कपडाको प्याड उत्पादकहरुको । कपडाको प्याड हाते मेसिनबाट सिलाउनुपर्ने भएकाले उत्पादन लागत पनि केही बढी पर्ने गरेको छ । जसका कारण बजारमा डिस्पोजेबल प्याडसँग प्रतिस्पर्धा गर्न सकिरहेको छैन । यद्यपि बजारीकरण गर्न भने छाडेका छैनन् । कपडाको प्याड धोएर धेरैपटक प्रयोग गर्न मिल्ने भएकाले यो आर्थिक रुपमा किफायती, वातावरणमैत्री र स्वास्थ्यबर्द्दक रहेको यसका उत्पादक तथा प्रबर्द्दकहरु बताउँछन् । हामीले कपडाको प्याड उत्पादन तथा महिनावारी स्वास्थ्यको क्षेत्रमा क्रियाशील संस्था डेज फर गर्ल्स नेपालकी निर्देशक माया खैतु सँग यसैको बारेमा भिडियो सम्बाद गरेका छौं ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार