छाउगोठ भत्काएर मात्र हुँदैन, महिलाको अवस्था पनि बुझौं : सांसद बम

 1540 पटक हेरिएको

 

काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोपालबहादुर बमले छाउगोठ भत्काएर मात्र ढुक्क नहुन सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले छाउगोठ भत्काएपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका महिलाको अवस्था बुझ्न आग्रह गर्नुभएको हो । सरकारले सुरु गरेको छाउगोठ भत्काउने अभियानमा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै बमले छाउगोठ भत्काए पछि चुप लागेर बस्न नहुने बताउनुभयो ।

सरकार र अभियानकर्ताहरुले छलफल, सेमिनार गोष्ठी गरेपनि त्यहाँको वास्तविक समस्याको विषयमा छलफल नभएको उहाको भनाइ थियो । उहाँले कर्णालीका महिलाले भोगेका पीडा, छाउगोठ बन्नुका बाध्यता के हुन् ? भन्ने कुराको अध्ययन गर्न पनि आग्रह गर्नुभयो । आजसम्म गृहमन्त्रालयले सयौँ छाउगोठ भत्काइएपछि त्यहाँका महिलाले अहिले के गरिरहेका छन् भन्ने कुराको विश्लेषण आवश्यक रहेको उहाँको भनाइ थियो ।

कर्णालीमा बन्ने घरहरुको अवस्थाका कारण पनि छाउगोठ छुट्टै बन्ने गरेको उहाँको तर्क थियो । दुई तले घरमा एक तलामा गाईगोरु र अर्को एक तलामा भान्सा, पूजाकोठा, सासु ससुरा र छोरा बुहारी बस्नुपर्ने बाध्यता रहेकाले छुट्टै छाउगोठ बनेको उहाँले बताउनुभयो । कर्णालीका महिलाहरुलाई अहिलेसम्म स्यानिटरी प्याडको विषयमा समेत जानकारी नभएको अवस्थामा अभियानकर्ताहरुलाई ठूला होटलमा कार्यक्रम गरेर मात्रै नहुने उहाँले बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार