ट्याङ्की सफा गर्ने जर्मन प्रविधि नेपालमा, सफा गर्ने विधि सहित (भिडियो)

काठमाडौ : धुलो धुँवाको सहर मात्र होइन काठमाडौ । ट्याङ्की नै ट्याङ्कीको सहर पनि हो । तपाई अग्लो ठाउँबाट काठमाडौलाई एकपटक नियाल्नुहोस् त, यहाँ घरभन्दा तीन गुणा बढी ट्याङ्की देख्नुहुन्छ । अर्थात एउटा घर बराबर तीन वटा सम्म प्लाष्टिकको ट्याङ्की राखेको पाउनुहुन्छ ।

तर ती ट्याङ्कीलाई नियमित रुपमा सफाइ गरेको पाउँदैनौं । जसका कारण आइरन र हिलोको लेदो जम्ने, मूसा तथा माउसुली पस्ने हुँदा खानेपानी प्रदुषित भईरहन्छ । यस्तै अवस्थालाई ध्यानमा राखी अत्याधुनिक जर्मन प्रविधिबाट ट्याङ्की सफा गर्ने प्रविधि नेपालमा भित्रिएको छ । क्लिन सर्भिसेज नामक कम्पनीले यो प्रविधि मार्फत ट्याङ्की सफा गर्न थालेको छ । हामीले ट्याङ्की सफा गर्ने तरिकाका बारेमा क्लिन सर्भिसेजका निर्देशक प्रदीप ढुङ्गाना सँग भिडियो सम्वाद गरेका छौं ।

हेर्नुहोस् यो भिडियो : 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार