
काठमाडौ : सरकारले यसै वर्ष ‘छाउगोठ मुक्त देश’ घोषणा गर्ने भएको छ । शुक्रबार पदबहाली पछिका सय दिने मुख्य उपलब्धि र भावी कार्यदिशाबारे घोषणा गर्दै मन्त्री गुरुङले नेपाललाई यसैबर्ष छाउगोठ मुक्त देश घोषणा गरिने र यसका लागि सबै खाले तयारी भईरहेको बताउनुभयो ।
छाउप्रथाले गर्दा देश विदेशमा नेपालप्रति नकरात्मक सन्देश फैलिएको भन्दै मन्त्री गुरुङले आगामी वर्षदेखि कार्यविधि बनाएर मर्यादित महिनावारी अभियान लागु गरिने बताउनुभयो। गुरुङले पदबहाली पछि महिला, मानव बेचविखन, बालबालिका, अपांगता, जेष्ठ नागरिक र समाज कल्याणका क्षेत्रमा भए गरेका उपलब्धिहरु प्रस्तुत गर्नुभयो ।
मन्त्रालयले आगामी जेठ १३ देखि १५ सम्म मर्यादित महिनावारीको अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।


563 पटक हेरिएको 

