
काठमाडौ : काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औ वार्षिकोत्सवको अवसरसमा काठमाडौ उपत्यका भित्र खानेपानी वितरण गर्दै आएको ट्याङ्कर चालक र सह चालकलाई सुरक्षा सामग्री वितरण गरिएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट जोगिन काठमाडौं उपत्यका भित्र खानेपानी आपूर्ति गरिरहेका निजी क्षेत्रका ८ वटा व्यवसायी संघ र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का ट्याङ्कर चालक र सह चालकका लागि सुरक्षा सामग्री प्रदान गरिएको हो ।
चालक तथा सह चालकलाई बोर्डका कार्यकारी निर्देशक डा. सन्जिब बिक्रम राणा र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले मास्क, स्यानिटाइजर, हेजर, र पन्जा लगायतका सामग्री हस्तान्तरण भएको हो ।

उपत्यका भित्र ट्याङ्कर मार्फत खानेपानी वितरण कार्यमा प्रत्यक्ष सहभागी हुँदै आएको चालक र सह चालकहरुको स्वास्थ्यलाई ध्यानमा राखी व्यक्तिगत सुरक्षा सामग्री प्रदान गरिएको कार्यकारी निर्देशक राणाले बताउनुभयो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बोर्डद्वारा वितरित सामग्रीको यथोचित ढंगले प्रयोग गर्न आग्रह गर्नुभयो ।

विपदको समयमा प्रदान गरिएको व्यक्तिगत सुरक्षा सामग्रीले आफूहरुको आवश्यकता पूर्ति भएको ट्याङ्कर चालकहरुले बताएका छन् । बजारमा किन्छु भन्दा समेत नपाईने मास्क, स्यानिटाइजर तथा पञ्जा चालक तथा सहचालकका लागि अति उपयोगी हुने चालकहरु बताउँछन् ।


1183 पटक हेरिएको 

