बूढी बूढीका लागि त कपडाको प्याड नै राम्रो (भिडियो वार्ता)

काठमाडौ : महिनावारी हुँदा सारीको फेर, लुङ्गीको टुक्रा वा अरु नै कपडाको टालो प्रयोग गरेर जीवन पार गर्नुभएका हजुर आमा र आमाहरुको तुलनामा अहिलेको पिढीका लागि प्रशस्त विकल्पहरु छन् । अहिलेका पिढीले प्याडकै अभावका कारण कपडाको टालो प्रयोग गर्नुपरेको छैन । प्याड प्रयोग गर्ने कि महिनावारी कप या त ट्याम्पोन ? प्याडमा पनि कस्तो प्याड प्रयोग गर्ने ? त्यो तपाईको छनौट हो ।

भर्खरका किशोरीहरुले कपडाको प्याड धोइरहन झन्झट मान्ने भएपनि अधवैंसे महिलाहरुका लागि भने कपडाको प्याड उपयुक्त हुन्छ । कपडाको प्याड सुकाउँदा पनि रुमाल जस्तै देखिने भएकाले कुनै लाजको अनुभूति पनि नहुने र आर्थिक रुपमा पनि किफायती हुने उनीहरु बताउँछन् । 

प्याडकै कुरा गर्दा बजारमा दुई प्रकारको प्याड उपलब्ध छ । एउटा प्रयोग गरिसकेपछि सुरक्षित तरिकाले विसर्जन गर्ने र अर्को एक पटक प्रयोग गरिसकेपछि पनि पटक पटक धोएर प्रयोग गर्ने । प्रयोग गरिसकेपछि विसर्जन गर्ने प्याड पनि एउटा नकुहिने (अजैविक) र अर्को कुहिने (जैविक) गरी दुई प्रकारका हुन्छन् ।

जुनसुकै प्याडको पनि एउटा सकारात्मक र अर्को नकारात्मक पक्ष छन् । एक पटक प्रयोग गरेर फ्याँक्ने प्याड धोइरहनुपर्ने झन्झट नहोला तर यसका थुप्रै नकारात्मक पक्षहरु छन् भनिन्छ । तर आज हामी कपडाको प्याडको कुरा गर्दैछौं ।

कपडाको प्याड फलाटिनको नरम कपडा सिलाएर बनाइएको हुन्छ । यो प्याड निर्माण सम्बन्धी अहिले विभिन्न संघसंस्थाले तालिम दिईरहेका छन् । प्याड प्रयोग गर्ने महिलाहरुको अनुभवमा भर्खरका किशोरीहरुले कपडाको प्याड धोइरहन झन्झट मान्ने भएपनि अधवैंसे महिलाहरुका लागि भने कपडाको प्याड उपयुक्त हुन्छ ।
कपडाको प्याड सुकाउँदा पनि रुमाल जस्तै देखिने भएकाले कुनै लाजको अनुभूति पनि नहुने र आर्थिक रुपमा पनि किफायती हुने उनीहरु बताउँछन् ।

काभ्रेकी विमली ठकुरीसँग प्याड सिलाउने सीप छ । उहाँले महिनावारी शिक्षा र महिला बेचबिखन विरुद्धको अभियानमा काम गर्दै आएको संस्था डेज फर गर्ल्स नामक संस्थामा आवद्ध भएर यो सीप सिक्नुभएको हो । प्याड सिलाउने सीप सिक्नु अघिसम्म कपडाको टालोले नै काम चलाउँदै आउनुभएकी विमली अहिले धोएर प्रयोग गर्न मिल्ने कपडाको प्याड नै प्रयोग गर्नुहुन्छ ।

हेरौं उहाँको अनुभव :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार