फोहोरमैला बोक्ने गाडी चालकलाई कोरोना

काठमाडौ : काठमाडौ महानगरपालिकाकाको फोहोरमैला बोक्ने गाडी चालकलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ । मंगलबार कोरोना पुष्टि भएका ४२ बर्षीय पुरुष काठमाडौ महानगरपालिकाको फोहोरमैला बोक्ने गाडीको चालक रहेको खुलेको हो । महानगरले सफाइ मजदुरको कोरोना परीक्षण गराउने क्रममा ती पुरुषमा संक्रमण पुष्टि भएको थियो ।उहाँ भक्तपुर नगरपालिकाको वडा नं. ५ भेलुखेलमा बसोबास गर्दै आएका थिए ।

परिवारसँगै बस्दै आएका ती पुरुषलाई मंगलबार राती नै सशस्त्र प्रहरी अस्पताल बलम्बु पुर्‍याएको र परिवारको अन्य सदस्य निगरानीमा रहेको महानगरीय प्रहरी परिसर भक्तपुर प्रमुख एसपी सबिन प्रधानले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि भक्तपुर–५ भेलुखेल क्षेत्र सिल गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार