गाउँमै खानेपानी पुगेपछि ९२ घरका बासिन्दामा छायो खुसीयाली

 300 पटक हेरिएको

सल्यान : सल्यानको शारदा नगरपालिका–११ हिवल्चाका स्थानीय खानेपानीका लागि घण्टौं हिड्न पर्ने बाध्यता थियो । तर  करिब ४५ लाख लागतमा भकाल्न्ने अनौले लिफ्ट प्रविधि मार्फत खानेपानी आयोजना निर्माण सम्पन्न भएपछि हिवल्चाका ९२ घरधुरीका नागरिकहरु खुसी भएका छन् । खानेपानी आयोजनाको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले उद्घाटन गर्नुभयो ।

गाउँमै खानेपानी पुगेपछि स्थानीयले खानेपानीका लागि घण्टौं हिड्नु पर्ने बाध्यताको अन्त्य भएको बताएका छन् । प्रसिद्ध धार्मिक स्थल खैरावाङ मन्दिरलाई मुख्य प्राथामिकतामा राखेर सडक, शिक्षा, खानेपानी, जलविद्युत लगायत क्षेत्रलाई जोड दिएर काम गरिरहेको मन्त्री ज्वालाले बताउनुभयो । विकास जनताका लागि र समृद्ध बनाउन हुने भएकाले विकास निर्माणका कामहरुमा राजनीति गर्न नहुने उहाँले बताउनुभयो । ‘तीन तहकै सरकारबाट निर्माण थालिएका योजनाहरु जसले सम्पन्न गरे पनि समाज र हाम्रा लागि गरेको विकास हो भन्ने बुझ्न जरुरी रहेको मन्त्री ज्वालाले भन्नुभयो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार