यस्तो रह्यो गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको १०० औं हप्ता : फोटो फिचर

 1832 पटक हेरिएको
🔗
12
Shares

ललितपुर : गोदावरी खोला क्षेत्र सरसफाइ अभियानले १०० औं हप्ताको यात्रा पूरा गरेको छ । अभियानको सयौं हप्तामा महालक्ष्मी नगरपालिकाको वडा नं. ६ सानो गाउँ र वडा नं. ८ को लुभु जोड्ने विष्णुडोल पूल आसपासको सरसफाइ गरिएको छ ।


बेबी राजभण्डारीको संयोजकत्वमा २०७५ साल फागुन २६ गते देखि गोदावरी खोला क्षेत्र सरसफाइ अभियान सुरुवात गरिएको थियो । सुरुमा आइतबार बिहान १ घण्टा सरसफाइ गर्दै आएकोमा सबैको सल्लाहले २५ हप्ता पछि हरेक शनिबार २ घण्टा सरसफाइ गर्दै आएको छ ।


अभियानले सयौं हप्तासम्ममा २५० टन भन्दा बढी फोहोर व्यवस्थापन गरिसकेको अभियानका संयोजक बेबी राजभण्डारीले बताउनुभयो । उहाँका अनुसार हालसम्म अभियानमा ७ हजार ५ सय जना सहभागी भईसकेका छन् भने २० वटा सचेतनामूलक होर्डिङ बोर्डहरु राखिएका छन् । हनुमन्ते दोभानसम्मको गोदावरी खोला सफा नहुँदासम्म सरसफाइ अभियान जारी नै रहने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘यो अभियानमा कुनै पनि आर्थिक गतिविधि भएको छैन, यसको खाता पनि खोलिएको छैन, यो बिशुद्ध स्वयंसेवी र जनचेतनामूलक कार्यक्रम हो’ उहाँले भन्नुभयो ।


गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको सयौं हप्ता पूरा गरेको अवसरमा आयोजित कार्यक्रममा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कार्यकारी अध्यक्ष उद्धव प्रसाद तिमिल्सेना एवं पदाधिकारीहरु, महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, उपमेयर निर्मला थापा, हनुमन्ते खोला सरसफाइ अभियानका अभियन्ताहरु, उपत्यकाका अन्य नदी सफाइ अभियानका अभियन्ताहरु, सशस्त्र प्रहरी, विभिन्न खानेपानी उपभोक्ता समितिका पदाधिकारीहरु र विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको बाक्लो उपस्थिति थियो ।

अभियानका थप तस्बिरहरु :

 

तस्बिरहरु : सुमन तामाङ/वास खबर

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार