ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले खानेपानी र सरसफाइको लक्ष्य पूरा नभएसम्म दिगो विकास लक्ष्यका अन्य लक्ष्य समेत पूरा नहुने बताउनुभएको छ । सरसफाइ मानवजीवन र वातावरणसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले अन्य लक्ष्य प्राप्तिका लागि पनि सरसफाइ र खानेपानीमा राखेको लक्ष्य पूरा हुनैपर्ने उहाँको भनाइ छ ।
गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको १०० हप्ता पूरा भएको अवसरमा आयोजित कार्यक्रममा मेयर श्रेष्ठले भन्नुभयो ‘संसारका सबै राष्ट्रहरुले सन् २०३० भित्र प्राप्त गरिसक्ने गरी दिगो विकास लक्ष्य निर्धारण गरिएको छ त्यसमा नेपालले समेत हस्ताक्षर गरेको छ । सबै देशहरुले सबै मापदण्डहरु पूरा गरेपनि दिगो विकास लक्ष्य नं. ६ प्राप्त गर्न नसके अरु लक्ष्यहरु पनि प्राप्ति हुन सक्दैनन् ।’
उहाँले दिगो विकास लक्ष्य नं. ६ प्राप्तिका लागि नगरपालिकाले सरसफाइका विभिन्न मोडलहरुलाई अगाडि बढाईएको र नागरिकको तहबाट समेत प्रयास गर्नुपर्ने बताउनुभयो । दिगो विकास लक्ष्य प्राप्तिका लागि महालक्ष्मी नगरपालिकाले अंगीकार गरेका सरसफाइका मोडलहरु के कस्ता छन् ? विस्तृतमा हेरौं यो भिडियोमा ।