काठमाडौं : काठमाडौ उपत्यकाको तीन ठाउँमा वाटर एटिएम जडान गरिएको छ । खानेपानीमन्त्री मणि थापाले काठमाडौको रत्नपार्क, बालाजु पार्क र स्वयम्भुमा वाटर एटिएमको उदघाटन गर्नुभयो । काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौ महानगरपालिकाको सहकार्यमा वाटर एटिएम जडान गरिएको हो । यसअघि दुई बर्ष ललितपुर महानगरपालिका परिसरमा पहिलो पटक वाटर एटिएम जडान गरिएको थियो ।
वाटर एटिएमको उदघाटन गर्दै खानेपानीमन्त्री मणि थापाले काठमाडौ जस्तै अन्य शहरमा समेत वाटर एटिएम जडान गर्ने बताउनुभयो ।
मानिसको बढी चाप रहेको स्थानमा १५ वटा वाटर एटिएम जडान गर्ने योजना रहेको छ । यसबाट शुद्ध पानी सस्तो मूल्यमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।
हेर्नुहोस् भिडियो रिपोर्ट :
वाटर एटिएम कसरी प्रयोग गर्ने त ?
१. रु ५ वा १० को नोटलाई पैसा साट्ने मेसिनबाट रु १ को सिक्कामा साट्नुहोस्
२ साटेको रु १ को सिक्कालाई कप डिस्पेन्सर मेसिनको सिक्का हाल्ने ठाउँमा छिराउनुहोस् र २०० मिली कागजको कप लिनुहोस्
३. कपलाई लगेर कप वा बोतल थाप्ने धाराको तल राख्नुहोस्, अनि रु. १ को सिक्कालाई धारा सँगैको सिक्का हाल्ने ठाउँमा धारा र सिक्का हाल्ने ठाउँको अंक मिलाई छिराउनुहोस् ।
४. २०० मिलि लिटर शुद्ध पिउने पानी कप वा बोतलमा झर्नेछ ।
प्रयोग गरेको कपलाई फोहोर फाल्ने भाँडामा फाल्ने ।


1368 पटक हेरिएको 

