ललितपुर : पूर्व सचिव सुमन प्रसाद शर्माले दिसाजन्य लेदो व्यवस्थापनका लागि नगरपालिकाका इञ्जिनियहरुलाई सेप्टिक ट्याङ्कीको डिजाइन गर्न प्रशिक्षण दिनुपर्ने बताउनु भएको छ । दिसाजन्य लेदो जम्मा हुने ठाउँ खाल्डो वा जमिनमा रसाएर जाने होल्डिङ ट्याङ्क बनाएर नहुने भएकाले नगरपालिकाकै इञ्जिनियरहरुलाई तालिम दिनुपर्ने बताउनुभयो ।
उहाँले यसका लागि इन्जिनियरहरुलाई तालिम योग्य बनाउनुपर्ने र सेप्टिक ट्याङ्कीको जरुरी छ भन्ने कुरा बुझाउनुपर्ने बताउनुभयो । दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी काठमाडौमा भएको कार्यक्रममा उहाँले दिसाजन्य लेदो व्यवस्थापनबारे मेयरहरुलाई बुझाउनुपर्ने र नगरपालिकाको नीतिमा समावेश गर्नुपर्नेमा समेत जोड दिनुभयो ।
नगरपालिकाहरु आफै केन्द्रिय भूमिकामा भएकाले दिसाजन्य लेदो व्यवस्थापनको काम पनि नगरपालिकाकै भएको उहाँको भनाइ छ ।
विस्तृत जानकारी लागि हेरौं यो भिडियो :


1825 पटक हेरिएको 

