
काठमाडौ : मेलम्चीको पानीलाई सहज र सरल तरिकाले उपत्यकावासीको धारासम्म पुर्याउन आयोजनाले ‘सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन (स्काडा)’ प्रणाली निर्माण गरिरहेको छ। ‘सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन सहज र सुरक्षित खानेपानी वितरणका लागि संसारभरि नै अपनाइएको अहिलेसम्मकै अत्याधुनिक कम्प्युटराइज्ड स्वचालित प्रणाली हो । यो अनुगमन तथा नियन्त्रण प्रणालीको जडानसँगै कार्यालयमै बसेर कम्प्युटरको माध्यमबाट पानी प्रशोधन केन्द्रको सञ्चालन, अनुगमनका साथै पाइपलाइनमा कुन गतिमा पानी प्रवाह भईरहेको छ भन्ने अनुगमन तथा नियन्त्रण गर्न सकिने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो ।
‘स्काडा’ अनुगमन प्रणाली जडानका लागि ठेक्कापट्टा भई निर्माण कार्य सुरु भइसकेको प्रवक्ता पन्तले बताउनुभयो । उहाँले निर्माणको जिम्मा पाएको फ्रेन्च कम्पनी भीसीजीपी डब्लूएमआई (वाटर म्यानेजमेन्ट इन्टरनेसनल) र नेपाली कम्पनी कालिका जेभीले सर्भेको काम सुरु गरिसकेको जानकारी दिनुभयो ।
यो अनुगमन तथा नियन्त्रण प्रणालीको जडानसँगै एउटा कोठामा बसेर कम्प्युटरको माध्यमबाट पानी प्रशोधन केन्द्रको सञ्चालन, अनुगमनका साथै पाइपलाइनमा कुन गतिमा पानी प्रवाह भईरहेको छ भन्ने अनुगमन तथा नियन्त्रण गर्न सकिने प्रवक्ता पन्तले जानकारी दिनुभयो ।


1569 पटक हेरिएको 

