हातको स्वच्छता सम्बन्धी मार्गचित्र (२०२१ -२०३०) बनाईदै, तपाई पनि भर्नुहोस्

🔗
74
Shares

काठमाडौ : नेपाल सरकारले हातको स्वच्छता सम्बन्धी मार्ग चित्र तयार गर्ने भएको छ । यसका लागि नेपाललाइ खुला दिसामुक्त अवस्थामा पुर्‍यायन योगदान पुर्‍याउनु हुने महानुभाबहरुबाट हातको स्वच्छता सम्बन्धी विवरणहरु भर्न अनुरोध गरिएको छ । हातको स्वच्छता सम्बन्धी मार्गचित्र तयार पार्न खानेपानी तथा ढल ब्यबस्थापन बिभागले जम्मा २१ वटा प्रश्नहरु समावेश गरेको छ । विभागले यही चैत्र १२ गतेसम्ममा विवरण उपलब्ध गराइ मार्गचित्र निर्माणको काममा सहयोग पुर्याइदिन अनुरोध गरेको छ ।

तपाई पनि यसरी सहभागी हुनुहोस् 

सुरुमा तलको लिङ्कमा क्लिक गर्नुहोस् । यो नेपाली युनिकोडमा विभिन्न प्रश्नहरु देख्नुहुनेछ । के तपाईंको घरमा हात धुनको लागि आबस्यक सामग्रीहरुको ब्यबस्था छ ? तपाईंको पालिकाले हातको स्वच्छ्ता सम्बन्धी कुनै कार्यक्रम गरिएको छ ? जस्ता प्रश्नहरु देख्नुहुनेछ ।

https://forms.office.com/Pages/ResponsePage.aspx?id=lQFBd-EUuE-QS6sYkgI2Z-QcjxHWnIxFt_3_2uiSTAlUM0VMUFY2MUpVRjdEQVFUMTVEMkhNN0xUNS4u

बिबरणहरु उपलब्ध गराउदा आफुले देखेको, गरेको र आगामी दिनमा गर्नुपर्ने कामलाइ समेत ध्यानमा राखिदिन आग्रह गरेको छ । उतर दिने बक्स चारपाटे भएमा एकभन्दा बढिमा र गोलो भएमा एउटा मात्र स्थानमा चिन्ह लगाई विवरण भरिसकेपछि Submit  बटन थिच्न पनि आग्रह गरिएको छ ।

नोट : समय सकिन लागेको छ, त्यसैले आजै भरेर हातको स्वच्छता सम्बन्धी मार्गचित्र निर्माण गर्ने कार्यमा योगदान गरिहाल्नुहोस् ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार