
काठमाडौ : खानेपानी मन्त्रालयले विकास साझेदारहरुसँगको सहयोगमा हातको स्वच्छता सम्बन्धी १० बर्षे मार्गचित्र निर्माण गरिरहेको छ । विश्व स्वास्थ्य संगठन तथा युनिसेफ नेपालको प्राविधिक सहयोगमा नेपालमा हातको स्वच्छता सम्बन्धी राष्ट्रिय मार्गचित्र (२०२१ – २०३०) तयार पार्ने प्रक्रियामा रहेको खानेपानी मन्त्रालयका सिनियर डिभिज्नल इञ्जिनियर योगेन्द्र चित्रकारले बताउनुभयो ।
कोभिड – १९ लगायत विभिन्न रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि हातको स्वच्छताको भूमिका महत्वपूर्ण हुने भएकाले हातको स्वच्छता सुविधा सुनिश्चितताका लागि हातको स्वच्छता सम्बन्धी मार्गचित्र निर्माण गर्नुपरेको उहाँले बताउनुभयो । मन्त्रालयले अक्टोबार २०२० देखि मार्गचित्र निर्माण गर्न थालेको हो । एक अध्ययन अनुसार नेपालको ३६ प्रतिशत जनसंख्यामा मात्र हात धुने सुविधाको पहुँच रहेको छ ।
उहाँका अनुसार मार्गचित्र निर्माणको शीलशीलामा खानेपानी मन्त्रालयको संयोजकत्वमा गठित प्राविधिक कार्य समितिले विभिन्न मन्त्रालय तथा सरोकारवालाहरुसँग आवश्यक सूचना तथा सुझाव संकलन गरिरहेको छ । सूचना तथा सुझाव संकलन गर्ने क्रममा समितिले शुक्रबार पत्रकारहरुसँग पनि छलफल तथा सुझाव संकलन गरेको छ । यसका लागि पत्रकारहरुले तल दिएको लिङ्कमा क्लिक गरी मागेको विवरण भर्नुपर्नेछ ।
समितिले हालसम्म सम्पन्न गरेका कार्यहरु
पत्रकारहरुसँग गरिएको भर्चुअल अन्तरक्रियात्मक कार्यक्रममा परामर्शदाता डा. भीमसेन देवकोटाले हातको स्वच्छता सम्बन्धी मार्गचित्र निर्माणका निम्न प्रगतिहरु हासिल भएको जानकारी दिनुभयो ।
♦ सरोकारवालाहरुको पहिचान
♦ दस्तावेजहरुको पुनरावलोकन तथ्याङ्क, प्रतिवेदन
♦ प्राविधिक कार्य समूहको निर्माण र बैठकहरु सम्पन्न (प्रत्येक हप्ता सानो समूह र प्रत्येक १५ दिनमा ठूलो समूहसँग ।
♦ विभिन्न सेक्टरको आधारभूत सूचना संकलनको लागि सूचक र परामर्श समूहहरुको निर्माण
♦ परामर्श समूहहरुको बैठकहरु आयोजना गर्ने प्रक्रिया प्रारम्भ
♦ आधारभूत सूचना संकलनको लागि प्रदेश, स्थानीय सरकार, विद्यालय, स्वास्थ्य संस्था, मिडिया, बालबालिका, युवा महिला, विपन्न बर्ग, जेष्ठ नागरिक, निजी क्षेत्र, नागरिक समाज, उपभोक्ता समूह
♦ हात धुने सुविधाको उपलब्धता
♦ व्यवहार परिवर्तन
♦ कार्यक्रमहरु (चालु र भावी कार्यक्रम)
♦ बजेटको व्यवस्था


1119 पटक हेरिएको 

