काठमाडौ : खानेपानी मन्त्रालयले विकास साझेदारहरुसँगको सहयोगमा हातको स्वच्छता सम्बन्धी १० बर्षे मार्गचित्र निर्माण गरिरहेको छ । विश्व स्वास्थ्य संगठन तथा युनिसेफ नेपालको प्राविधिक सहयोगमा नेपालमा हातको स्वच्छता सम्बन्धी राष्ट्रिय मार्गचित्र ९२०२१ – २०३०० निर्माण भईरहेको खानेपानी मन्त्रालयका सिनियर डिभिज्नल इञ्जिनियर योगेन्द्र चित्रकारले बताउनुभयो । सरकारले हातको स्वच्छतालाई यस अघि पनि प्राथमिकतामा राख्दै आएको छ ।

हातको स्वच्छताका लागि सरकारले अबलम्बन गरेको बाटो :
♦ दिगो विकास लक्ष्यमा सर्वसुलभ हातको स्वच्छताबारे नेपालले प्रतिबद्धता जाहेर गरेको छ ।
♦ नेपालको संविधानमा सरसफाइ एवं स्वस्थ वातावरणमा बाँच्न पाउने नागरिक हक हुने उल्लेख गरिएको छ ।
♦ सहरी खानेपानी र सरसफाइ नीति २००९ ले एक घर एक धारा नीति लिएको छ ।
♦ सरसफाइ तथा स्वच्छता गुरुयोजना २०११ ले साबुन पानीले हात धुन सुविधानलाई एक सामाजिक अभियानको रुपमा स्वीकार गरेको छ ।
♦ बहुक्षेत्रीय पोषण योजनाले हात धुने व्यवहारलाई जोड दिईएको छ ।
♦ क्षेत्र विकास योजना (२०१६–२०३०) ले साबुन पानीले हात धुने कुरालाई प्राथमिकतामा राखेको छ ।
♦ पूर्ण सरसफाइ निर्देशिका २०१७ ले साबुन पानीले हात धुनु ६ मध्ये १ मुख्य सूचक मानेको छ ।
♦ राष्ट्रपति विद्यादेवी भण्डारीले वास सहकार्यका लागि सन् २०२० मे १४ मा संयुक्त आव्हान गर्नुभएको थियो ।
♦ स्वास्थ्य सेवा प्रदायक संस्थाहरुका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी राष्ट्रिय मापदण्ड तय ।
♦ विद्यालयका लागि वास कार्यविधि कार्यान्वयन ।
♦ डब्लु.एच.ओ. र युनिसेफद्वारा २६ जुन २०२० मा हातको स्वच्छताका लागि विश्वव्यापी आव्हान ।
♦ डब्लु.एच.ओ. र युनिसेफद्वारा नेपाल सरकार समक्ष ५ मन्त्रालय र राष्ट्रिय योजना आयोग) संयुक्त पत्राचार ।
♦ हातको स्वच्छता सम्बन्धी सन् २०२० को सेप्टेम्बरमा १ महिने अभियान सम्पन्न ।
♦ हातको स्वच्छता सम्बन्धी रोड म्याप २०२१ –२०३० को तयार पारिरहेको छ ।


1022 पटक हेरिएको 

