होसियार ! यस्ता व्यक्तिले नै फैलाउन सक्छन् कोरोना (फोटो फिचर)

काठमाडौ : ‘कोरोना’ विभिन्न माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने संक्रामक भाइरस हो । यसको रोकथामका उपायहरु मध्ये सबैभन्दा सजिलो र प्रभावकारी उपाय मास्कको प्रयोग गर्नु हो । मास्कको पनि सही तरिकाले प्रयोग गरे मात्र कोरोना संक्रमणबाट बच्न सकिन्छ ।

भीडभाडमा जाँदै नजाने र जानै परे मास्क लगाएर जाने, सकेसम्म भौतिक दुरी कायम गर्ने, खुला हातले शरिरका विभिन्न अंगहरु जस्तैः मुख, नाक, आँखा, चिउँडो नछुने र बेला बेलामा साबुन पानीले हात धुने जस्ता व्यवहारहरु अपनाउन विश्व स्वास्थ्य संगठन तथा स्वास्थ्यकर्मीहरुले समेत बताईरहेका छन् ।

तर यत्तिबेला दशैंको लागि किनमेल गर्ने स्थान, घर फर्किन टिकट लिन लाइनमा बसेका यात्रु, आ आफ्नो मूलथलो फर्किन बस चढेका यात्रुले राम्रो सँग मास्क लगाएको पाईदैन । उनीहरुले कतिले मास्क नै नलगाउने र लगाएका मध्ये पनि सही तरिकाले लगाउने थोरै मात्र भेटिन्छन् । भीडभाडमा जाँदा समेत मास्क नलगाउनेहरु नै कोरोना भाइरस फैलाउन सक्छन् ।

वास खबरको टोली नयाँ बसपार्क पुग्दा आ आफ्नो जन्मघर फर्किन लागेका यात्रुहरुको अवस्था यस्तो देखियो । हेर्नुहोस् फोटो फिचर ।

र कोरोनाबाट बच्नु छ र अरुलाई पनि बचाउनुछ भने मास्कको सही तरिकाले प्रयोग गरौं र प्रयोग गरिसकेको मास्कको सही ठाउँमा व्यवस्थापन गरौं ।

कोरोना भाइरस रोकथामका लागि उचित तरिकाले मास्क प्रयोग गर्ने तरिका :

→ मास्क लगाउनु अघि र खोल्नु अघि साबुनपानीले हात धोऔं ।

→ मास्क सफा छ छैन जाँच गरौं ।

→ नाक, मुख र चिउँडो पूर्ण रुपमा ढाकौं ।

→ मास्कको दुबैतिर खाली ठाउँ नहुने गरी मिलाऔं ।

→ कानतिरको दुवै भागको डोरीमा समाइ मास्क निकालौं ।

→ प्रयोग गरेको मास्कलाई हावा नपस्ने झोला वा डस्टबिनमा फालौं ।

जनचेतनाका लागि : BMGF, YALE university र  C-19 RAT

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार