काठमाडौ : हरेक बर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवसको यस बर्षको नारा ‘Ground Water: Making Invisible Visible’ रहेको छ । यो नारा नेपालको सन्दर्भमा समेत अति नै सान्दर्भिक रहेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक सूर्यराज कँडेलको ठम्याइ छ । विश्व पानी दिवसको अवसरमा महानिर्देशक कँडेलको सन्देश :
हेर्नुहोस् यो भिडियो :
यसबर्षको विश्व पानी दिवसको नारा जुन छ, एकदमै सान्दर्भिक छ । ग्राउण्ड वाटर : सतहमुनिको पानी, हामीले देख्न सक्दैनौं, इन्भिजिबल छ । त्यसलाई हामीले देखिने बनाउनुपर्छ । मेकिङ इन्भिजिबल, भिजिबल भन्ने छ । एकदमै सान्दर्भिक छ । अहिलेको अवस्थामा हामीले विशेषत: हेर्ने हो भने तराईका क्षेत्रहरु, काठमाडौ उपत्यका, विभिन्न सहरी क्षेत्रहरुमा हामीले सतहको पानीलाई मात्र प्रयोग गरिरहेको स्थिति छैन । बराबरी हामीले भूमिगत पानीमा पनि भर पर्नुपर्ने जरुरी छ र त्यो अपरिहार्य पनि हो । यो अवस्थामा ग्राउण्ड वाटरलाई हामी निकालेर पानी सुरक्षाको अवधारणाको हिसाबले सोचेर प्रयोग गर्नु जरुरी छ । र यसलाई अर्को तर्फ प्रयोग मात्र होइन संरक्षण गर्नु पनि छ ।
मेरो विचारमा त भूमिगत पानीलाई नदेखिनेलाई देखिने बनाउने हो, प्रयोग गर्ने हो, निकाल्ने हो । र हामीले देखिने पानीलाई पनि नदेखिने पानीमा लैजान सक्नुपर्छ । यसको अर्थ सतहको पानी त भिजिबल छ । आँखाले देख्छौं । सजिलोसँग हामी ग्रहण गर्छौ, प्रयोग गर्छौ । तर त्यसलाई दुरुपयोग नगरौ । त्यसलाई के गरौं ? प्रयोग गरेपछि त्यसलाई फेरि हामी पुनर्भरण गर्नेतर्फ सोचौं । र त्यो फेरि इन्भिजिबलमा कन्भर्ट हुन्छ । पुनःभरण गरेपछि भिजिबल फेरि इन्भिजिबलमा गयो । इन्भिजिबल फेरि निकाल्यौं भिजिबलमा आयो । यो एउटा पानीको चक्र हो । वाटर साइकलको एउटा जुन प्रारुप हो, यो प्रारुपको एउटा पार्ट अहिलेको थिम भित्र पर्छ ।
त्यो पार्टलाई हामीले प्रोटेक्ट गरौं है भन्ने अहिलेको म्यासेज हो । त्यो पार्ट यदि हामीले विगार्यौं भने बाँकी रहेको अर्को पार्टमा पनि इम्प्याक्ट पार्छ । एउटा सिक्काको एउटा पार्ट थिमको रुपमा रहेको छ । त्यो सिक्काको अर्को पार्ट हामीले प्रयोग गर्दै आइरहेका छौं । तर हामीले संरक्षण गर्न सकेको अवस्था चाहिं छैन । युज गरेका छौं, हामीले छोडिदिएका छौं ।
बररर पानी पर्छ बर्षाको समयमा । त्यो पनि स्ट्रोम वाटर बनेर नदीमा जान्छ, समुद्रमा पुग्छ । तर ग्राउण्ड वाटरमा हामीले रिचार्ज गर्ने परिपाटी हाम्रो हटिसकेको छ । सबै अर्बन सेन्टरहरु ब्ल्याक टप छ, कभर्ड छ । पानी कहीं पनि रिचार्ज हुन सक्ने अवस्था छैन ।
भुक्षय छ पहाडतिर । पानी बग्छ, पानी पर्छ पहिरो जान्छ । त्यसले नदीमा बाढी ल्याउँछ र समुद्रमा पुग्छ । यो हिसाबले गर्दा खेरि पानीको जुन चक्र छ, त्यो चक्रमा कता कता मानवीय क्रियाकलापका कारण नष्ट गरिदिईरहेका छौं ।
यो नष्ट भएका कारण जुन चक्र अनुसार चलिरहेको प्रणाली छ । त्यो चाहिं बिग्रिन गएको स्थिति देख्छु । त्यो बिग्रन गएको स्थितिले गर्दा अति बर्षा हुने, ठूला ठूला नसोचेका पहिरोहरु आउने, मेलम्चीको स्थिति हेरौं । हामीले मेलम्चीको स्थिति हेरौं, विगत २० बर्ष देखि आयोजना सञ्चालन गर्दै आएका थियौं, तर अहिले आएर हामीले के भोग्नु पर्यो, स्थिति ?अपत्यारिलो अवस्था भोग्नु परिरहेको छ ।
यी धेरै प्राकृतिक विपदहरु देखि लिएर यो जलवायु परिवर्तनका कारणले मानिसले अनुमान गर्न नसकेका विध्वंसहरु पनि भईरहेको अवस्था छ । त्यसलाई हामीले व्यवस्थापन गर्नका लागि वाटर साइकललाई राम्रो सँग म्यानेज गर्नुपर्छ जस्तो छ । त्यो म्यानेज्मेन्टको एउटा अंश हो, अहिलेको थिम भनेको यो एकदमै सराहनीय छ र हामीले ग्राउण्ड वाटरलाई युज गर्दा धेरै विचार पुर्याउनु पर्यो । यसलाई सेक्योर गर्न सक्नुपर्यो । र त्यसलाई फेरि युज गर्नका लागि सतहको पानीलाई हामीले भूमिगत पानीमा कसरी लैजाने र एउटा साइकल परिवर्तन गर्ने ? पूरा गर्ने, त्यो बारेमा हामीले सोच्नुपर्छ भन्ने लाग्छ ।
संयुक्त राष्ट्रसङ्घले सन २०३० सम्म विश्वका सबै जनसङ्ख्यालाई स्वच्छ खानेपानी र सरसफाइको सुविधा उपलब्ध गराउने कार्यक्रम ल्याएको छ । दिगो विकास लक्ष्यका कार्यक्रम अन्तर्गतको यो लक्ष्य हासिल गर्न नेपालले १५औँ योजनामा पानीका उपलब्ध स्रोतको संरक्षण, सम्बर्द्वन र किफायती उपयोग गर्ने नीति, रणनीति, कार्यक्रम र योजना तय गरेको छ । यस अन्तर्गत सतहको पानी, वर्षाको आकाशेपानी, सतहमुनिको पानी तीनवटै स्रोतको उपयोग गर्ने नीति लिइएको छ ।


1861 पटक हेरिएको 

