नगरस्तरिय समावेशी सरसफाइ योजना निर्माण गर्न गणकहरुलाई अभिमुखीकरण

🔗
101
Shares

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले नगरस्तरिय समावेशी सरसफाइ योजना बनाउन गणकहरुको लागि अभिमुखीकरण तालिम प्रदान गरेको छ । नगरस्तरिय समावेशी सरसफाइ योजना तर्जुमा गर्न छनौट भएका गणकहरुको लागि अभिमुखीकरण तालिम दिईएको हो । तालिममा चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले नगरपालिकालाई राम्रो नगरपालिका बनाउने अभियानको पहिलो खुड्किलो भनेकै सरसफाइ भएको बताउनु भयो । मेयर खत्रीले नागरिकको स्वास्थ्य र नगरपालिकाको शानसँग जोडिएको बिषय सरसफाइ भएकाले यसलाई प्रभावकारी बनाईने समेत बताउनुभयो ।

मेयर खत्रीले गणकहरुलाई सही तथ्यांक संकलन गर्न आग्रह गर्दै भन्नुभयो तपाईहरुले लिएको तथ्यांकले नगरपालिका भित्रको वास्तविक तस्वीर आओस,जसले नगरको सरसफाइको दीर्घकालीन मार्ग खुलोस । तथ्यांक संकलनका क्रममा केही समस्या आइपरे जनप्रतिनिधिहरुलाई भन्न आग्रह गर्दै उहाँले गणकहरुलाई जनप्रतिनिधिबाट पूर्ण साथ रहने बताउनुभयो । उहाँले नगरबासीका गुनासो समेत बुझेर बुँदागत रुपमा आफूलाई उपलब्ध गराउन गणकहरुलाई आग्रह गर्नुभयो ।

नगरस्तरीय समाबेशी सरसफाइ योजना निर्माणका लागि चाँगुनारायण नगरपालिका र 500B सोलुसन बीच यस अघि नै समझदारी पत्रमा हस्ताक्षर भईसकेको छ । सोही समझदारी बमोजिम तथ्यांक संकलन गर्ने कामका लागि गणकहरुका लागि अभिमुखीकरण तालिमको आयोजना गरिएको हो ।

नगरस्तरीय समावेशी सरसफाइ (CWIS) योजनाले सक्षम वातावरण बनाउनमा केन्द्रित हुँदा अनसाइट होस् वा ढल र केन्द्रीकृत वा विकेन्द्रीकृत, स्थानीय रूपमा अनुकूलित समाधानहरूको विस्तृत दायरालाई प्रवर्द्वन गरी सुरक्षित रूपमा व्यवस्थित सरसफाइ सुनिश्चित गर्ने लक्ष्य लिएको छ ।

नेपालमा नगर क्षेत्रमा नगरस्तरीय समाबेशी सरसफाइको कार्यान्वयनलाई प्रोत्साहन गर्न खानेपानी मन्त्रालयले हालै विकसित गरेको सीडब्लुआइएस योजना मार्गदर्शन (CWIS-P) लाई परिचालन गर्न 500B सोलुसन्स र EWAG संयुक्त रुपमा सामेल भइरहेका छन् ।

अभिमुखीकरण तालिममा वडा नम्बर ८ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता जनक खत्री, ५०० बी सोलुसनका निर्देशक मिङ्मा शेर्पा, नगरपालिकाका खानेपानी तथा सरसफाइ शाखका प्रमुख सुरेन्द्र लामिछाने लगायतको उपस्थिति थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार