जारको पानी कसरी प्रदुषित हुन्छ ? प्रयोगकर्ताले के कस्ता कुरामा ध्यान दिने ? (भिडियो)

  वास खवर सम्वाददाता  933 पटक हेरिएको
🔗
110
Shares

काठमाडौ : काठमाडौ उपत्यकामा प्रयोग हुने जारको पानी नै प्रदुषित हुने गरेको अनुगमनका क्रममा भेटिएको छ । अस्पताल भर्ना भएका उपत्यकाका कतिपय बिरामीलाई जारकै पानी प्रयोग गर्दा हैजा भएको पाईएको छ ।

जारको पानी सुरक्षित हुन्छ भन्ने धारणाले शुद्धिकरण बिनै पिउँदा जारको पानीले हैजा गराएको उनीहरुको भनाइ छ । तर पानी उत्पादक कम्पनीले जारमा पानी भरेर उपभोक्ताको घरसम्म पुर्‍याउँदा लामो अवयव पार गर्नुपर्ने भएकाले त्यसक्रममा प्रदुषित हुन सक्ने सम्भावना धेरै हुन्छ ।

जारको पानी प्रयोग गर्दा हुनसक्ने प्रदुषण र उपभोक्ताले ध्यान दिनुपर्ने कुराहरुका बारेमा बताउँदै हुनुहुन्छ, खानेपानी तथा ढल व्यवस्थापन विभाग, गुणस्तर सुधार तथा सेवा नियमन शाखा अन्तर्गतको केन्द्रीय पानी परिक्षण प्रयोगशालाकी केमिष्ट अनुराधा ज्ञवाली ।

हेर्नुहोस् यो भिडियो :


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार