फोहोर बिसर्जन गर्न नदिएपछि प्रहरीद्वारा ५ राउण्ड हवाई फायर

काठमाडौं : काठमाडौंबाट बञ्चरेडाँडा ल्याण्डफिल साईटमा फोहोर विसर्जन गर्न गएको गाडीलाई अवरोध गरेपछि प्रहरीले ५ राउण्ड हवाईफायर गरेको छ । बञ्चरेडाँडा तर्फ गईरहेको गाडीमाथि स्थानीयले अवरोध सिर्जना गरेपछि प्रहरी ५ राउण्ड हवाईफायर र केही सेल अश्रुग्याँस हानेको हो ।

काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरिक्षक दिनेशराज मैनालीका अनुसार स्थानीयबासिन्दाले फोहोर बोकेको गाडीलाई अवरोध सिर्जना गर्नुका साथै प्रहरीमाथि नै ढुंगामुढा गर्न थालेपछि हवाई फायर गरिएको हो । स्थानीय बासिन्दाले अवरोध कायमै राखे थप बल प्रयोग गर्ने भन्दै स्थानीयबासिन्दालाई चेतावनी दिएको धुनवेशी नगरपालिका १ का अध्यक्ष मानबहादुर तामाङले जानकारी दिनुभयो ।

प्रहरीले मकैबारी र धानखेतमा रहेको आन्दोलनकारी लखेटेपछि फोहोरका गाडीहरु अगाडि बढेका थिए । यद्यपि डाँडामा रहेका स्थानीयबासिन्दाले ढुंगा र गुलेली हानेपछि झडप भएको वडाध्यक्ष तामाङले बताउनुभयो । सरकारको अबौं लगानी भईसकेको ल्याण्डफिल साईटमा फोहोर विसर्जन गर्न नदिए फोहोर फाल्न प्रहरीले आवश्यक बल प्रयोग गर्न सक्ने प्रहरी उपरिक्षक दिनेशराज मैनालीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार