काठमाडौंको विभिन्न स्थानमा अवरुद्ध भएको खानेपानी सोमबारबाट आपूर्ति हुने

  वास खबर सम्वाददाता  331 पटक हेरिएको

काठमाडौं : अविरल वर्षाका कारण आएको बाढीले काठमाडौंका केही स्थानमा अवरुद्ध बनेको खानेपानी आपूर्ति सोमबारबाट सुचारु हुने भएको छ।खानेपानीमन्त्री प्रदीप यादवले अविरल वर्षासँगैको बाढीले क्षति पुर्‍याएका ठाउँमा आज निरीक्षण गर्दै पुनःस्थापना गरी खानेपानी आपूर्ति सुचारु गर्न निर्देशन दिनु भएको हो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोक पौडेलले सोमबारसम्म बागमती नदीबाट चार करोड लिटर पानी ल्याई नियमित रुटबाट वितरण गरिने बताउनुभयो। ‘सोमबार सम्म बागमती नदीबाट चार करोड लिटर पानी ल्याई नियमित रुटबाट वितरण गछौँ। भुमिगत पानीका धेरै पम्प हाउस डुबानमा भएकाले भूमिगत स्रोतको हाल एक करोड लिटर पानी मात्रै वितरण गर्न सकिनेछ’ उहाँले भन्नुभयो।

यसैगरी ललितपुरको स्रोतमा फर्पिङ जलविधुत् गृहबाट फर्पिङ पम्पिङ स्टेशनमा ल्याइएको पेनस्टक पाइप फुटेको हुँदा फर्पिङमा पानीको आपूर्ति असहज भएको केयुकेएलले जनाएको छ।

यस्तै काठमाडौंको महाँकाल चौरको पम्पिङ सिस्टम क्षति ग्रस्त भएकाले त्यसको मर्मत सम्भारका लागि थप दुई दिन लाग्ने कार्यकारी निर्देशक पौडेलले बताउनुभयो। विद्युतीय उपकरणमा समस्या आएका कारण पूर्ववत रुप्मा नियमित पानी आपूर्तिमा असहज हुने उहाँले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार